पर्सा सुनचाँदी व्यवसायी संघको साधारणसभा तथा चौथो अधिवेशन शुरु

वीरगंज, ३२ साउन ।
पर्सा सुनचाँदी व्यवसायी संघको नवौं र दशौं साधारणसभा तथा चौथो अधिवेशन आज वीरगंजमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले गरेका थिए ।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलनकुमार सोनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य प्रकाश गहतराज, नेपाल सुनचाँदी व्यवसायी महास्रघ मधेस प्रदेशका अध्यक्ष्F रामजी साह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, महासंघका केन्द्रीय सदस्यहरु विकाश शारदा, राजेश शाह, दिनेश शाह, कामेश्वर शाह, मनोजकुमार शाह, विकास कुमार सर्राफ, वडा नं. ६ का अध्यक्ष जयप्रकाश अग्रवाल, ८ का अध्यक्ष्F नितेश गुप्ता, प्रमुख निर्वाचन अधिकृत प्रद्युमनप्रसाद यादव, पर्सा सुनचाँदी कारिगर संघका अध्यक्ष्F राजु सर्राफलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः