पर्सा सुन चाँदी व्यवसायीमा भुलन साह पुनः निर्वाचित

वीरगंज,२ भदौ/ पर्सा सुन चाँदी व्यवसायी सङ्घको अध्यक्षमा पुनः भुलन साह सोनार निर्वाचित भएका छन्। शनिवार राति सम्पन्न मतगणना अनुसार प्रवेश सर्राफलाई १३ मतान्तरले पराजित गर्दै भुलन विजयी भएका हुन्। सोनारले १६२ मत पाएका थिए भने सर्राफले १४९ मत पाएका थिए। सङ्घको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुर्ई सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै […]

क्वारेन्टाइनका प्रमुखको काज सरुवा भए पनि गएनन्

वीरगंज, ३ भदौ । प्लान्ट क्वारेन्टाइन कार्यालय, पर्साका प्रमुख कुलदीप घिमिरेको सरुवा भए तापनि उनी सरुवा भएको कार्यालयमा हाजीर नभई वीरगंजमै मनपरी गरिरहेका छन्। वरिष्ठ बाली संरक्ष्Fण अधिकृत पदमा कार्यरत कार्यालय प्रमुख घिमिरेको गत जेठ २२ गते कृषि तथा पशुपक्षी मन्त्रालयमा काज सरुवा भएको थियो। मन्त्रालयको नियमविपरीत काम कारबाई गरेको र सूचना आदानप्रदानमा अविश्वास कायम […]

अरुणा क्लिनिक एन्ड डाइग्नोस्टिक इमेजिङ सेन्टर सञ्चालनमा

वीरगंज, ३ भदौ । वीरगंज–४ बिर्तास्थित अरुणा क्लिनिक एन्ड डाइग्नोस्टिक इमेजिङ सेन्टर सञ्चालनमा आएको छ। शनिवारका दिन वप्रका बिर्ता अगाडि ६० लाख लगानीमा सो क्लिनिक सञ्चालनमा आएको क्लिनिकका सञ्चालक डा अक्षय द्विवेदीले जानकारी गराए। डा अक्षय रेडियोलोजिस्ट र निजकी पत्नी डा स्मिता उपाध्याय द्विवेदी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ भएकाले संयुक्तरूपमा बहिरङ्ग सेवा र अल्ट्रासाउन्ड सेवा […]

मुस्कान खातुनमाथि बनेको चलचित्र भदौ ७ गते प्रदर्शन हुने

वीरगंज, ३ भदौ । मुस्कान खातुनसहित तेजाब आक्रमणबाट बाँचेका पात्रहरूको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुने भएको छ। शनिवार आदर्शनगरस्थित होटल कन्ट्री इनमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माताले चलचित्रबारे जानकारी गराएको छ। अभिनेता रमित ढुङ्गानाको निर्माण एवं निर्देशनमा निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा वीरगंजकी मुस्कान खातुनसहित ३३ जना एसिड पीडितको कथा […]