search

spot_img
spot_img

क्वारेन्टाइनका प्रमुखको काज सरुवा भए पनि गएनन्

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय, पर्साका प्रमुख कुलदीप घिमिरेको सरुवा भए तापनि उनी सरुवा भएको कार्यालयमा हाजीर नभई वीरगंजमै मनपरी गरिरहेका छन्।

वरिष्ठ बाली संरक्ष्Fण अधिकृत पदमा कार्यरत कार्यालय प्रमुख घिमिरेको गत जेठ २२ गते कृषि तथा पशुपक्षी मन्त्रालयमा काज सरुवा भएको थियो। मन्त्रालयको नियमविपरीत काम कारबाई गरेको र सूचना आदानप्रदानमा अविश्वास कायम गरेकोले उनलाई मन्त्रालयका सचिव डा दीपक खरालको सचिवस्तरीय बैठकबाट काज सरुवामा काठमाडौं बोलाउने निर्णय भएको थियो।

सचिवस्तरीय निर्णयको बेवास्ता गर्दै उनले जथाभावी कार्यालय सञ्चालन गरिरहेको जनाइएको छ।
मन्त्रालयको कर्मचारी प्रशासनका शाखा अधिकृत भविन्द्र कार्कीद्वारा हस्ताक्ष्Fरित सरुवापत्रमा उनको काज सरुवा गरिएको थियो। तर सोही बखत सरकार फेरबदल भएको र नयाँ मन्त्री आएपछि उनी आफ्नो काज सरुवा रोकाउन भरमग्दुर प्रयास गरिरहेका छन्। तर मन्त्रालयका सचिव खरालकै निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा वीरगंज आसपासका व्यवसायी एवं कर्मचारीहरूसमेत असन्तुष्ट बनेको बुझिएको छ।

कार्यालयबाट उपलब्ध गराइने सेवा सुविधामा पनि व्यवसायीहरूलाई दुःख दिने गरिएको कुरा कैयौंपटक व्यवसायीहरूले लिखितरूपमैं माथिल्लो निकायको ध्यानाकर्षण गराइसकेका छन्। काज सरुवा हुनुभन्दा पहिले उनी दक्ष्Fिण कोरियाको भ्रमण अवलोकनमा थिए। स्वदेश आएर एक हप्ता काठमाडौं बसेर सरुवा रोक्न चाजोपाँजो मिलाएर मन्त्रालयबाट एउटा कारसमेत वीरगंज ल्याएका थिए। र उनको गाडी पनि व्यक्तिगत काममा दुरुपयोग हुने गरेको कार्यालय स्रोतको दाबी छ।

यस विषयमा कार्यालय प्रमुख घिमिरेले आधिकारिक रूपमा काजसरुवाको पत्र मेरो कार्यालयमा नआएको बताए। केही साताअगाडि म पनि सरुवा भएको सुनेको थिए र पछि मन्त्रालयका सचिवले मन्त्रालयबाटै त्यहाँ काम गर्नुपर्छ भनेर मैले काम गरिरहेको स्पष्ट पारे। गाडी दुरुपयोगको विषयमा मन्त्रालयले बोलाएको बेला चितवन घर हुँदै काठमाडौं जाने गरेको छु, व्यक्तिगत प्रयोजनमा गाडी दुरुपयोग नगरेको उनले दावी गरे।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads