search

पर्सा सुन चाँदी व्यवसायीमा भुलन साह पुनः निर्वाचित

पढ्न छुटाउनुभयो ?

वीरगंज,२ भदौ/
पर्सा सुन चाँदी व्यवसायी सङ्घको अध्यक्षमा पुनः भुलन साह सोनार निर्वाचित भएका छन्। शनिवार राति सम्पन्न मतगणना अनुसार प्रवेश सर्राफलाई १३ मतान्तरले पराजित गर्दै भुलन विजयी भएका हुन्। सोनारले १६२ मत पाएका थिए भने सर्राफले १४९ मत पाएका थिए।

सङ्घको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुर्ई सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै प्यानल निर्वाचित भएको छ। उपाध्यक्षमा सोनार समूहका कौशलकिशोर सर्राफ १४९ मतका साथ विजयी भए भने अर्काे उपाध्यक्षमा सर्राफ समूहका जयप्रकाश सर्राफ १४४ मतले निर्वाचित भए।

यसैगरी, महासचिवमा सोनार समूहका अनिलकुमार सर्राफ १७७ मत, सचिवमा विकास सर्राफ १४६ मत र कोषाध्यक्षमा विजयकुमार सर्राफ १५१ मतका साथ निर्वाचित भएका छन्। सदस्यहरूमा विजय सर्राफ, विजयकुमार सर्राफ, लक्ष्मण सर्राफ, मनोज साह, शशी सर्राफ, सुरज सर्राफ र पूजा देवी निर्वाचित भएका छन्।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads