search

spot_img
spot_img

मङ्कीपक्सको आतङ्क

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

मङ्कीपक्सले संसारभरका मानिसलाई आतङ्कित बनाएको छ। युरोप र एशियामा यो रोग फैलिरहेको छ भने अफ्रिकामा यो खतरनाक अवस्थामा पुगेको छ। यही कारणले गर्दा विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। अफ्रिकी महाद्वीपको रिपब्लिक अफ द कङ्गो (डिआरसी) मा यो रोगले गम्भीर रूप धारण गरेको छ।
कङ्गोको स्वास्थ्य मन्त्रालयको महामारीसम्बन्धी रिपोर्ट अनुसार स्वास्थ्यमन्त्री रोजर काम्बाले भने सन् २०२४ को शुरूदेखि यस देशमा १५ हजार ६६४ सम्भावित घटनाहरू रेकर्ड भएका छन् जसमध्ये ५४८ जनाको ज्यान गएको छ। सबैभन्दा प्रभावित राज्यहरूमा इक्वेटर, साउथ किवु, साउथ उबांगी, संकुरू, त्सुपा, मोंगला र त्सोपो पर्छन्। इक्वेटर प्रान्तमा ३२१ जनाको मृत्यु भएको बताइन्छ।
कङ्गोको अवस्था किन चिन्ताजनक ः कङ्गोको अस्थायी शिविरमा स्थिति निकै चिन्ताजनक छ। संयुक्त राष्ट्रसङ्घको कार्यालय अनुसार करीब ७३ लाख आन्तरिकरूपले विस्थापितहरूले यी शिविरहरूमा आश्रय लिएका छन्। शिविरमा धेरै भीड हुने भएकोले सङ्क्रमण फैलिने जोखिम पनि बढेको छ। यस रोगका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, ढाड दुख्ने, टाउको दुख्ने, सुन्निने र मांसपेशी दुख्ने हुन्छ। जब ज्वरो कम हुन्छ, अनुहारमा दागहरू देखा पर्दछ र त्यसपछि बिस्तारै शरीरभर फैलिन्छ। डाबरको कारण तीव्र दुखाइ र निकै चिलाउने गर्छ।
कंगो सन् २०२२ को अन्त्यदेखि नै यस रोगगसँग लडिरहेको छ। यो वर्ष अफ्रिकाका १२ वटा देशमा यसको प्रकोप देखिएको छ। अफ्रिका बाहिर, युरोपको स्वीडेन र एशियाको पाकिस्तानमा पनि एमपक्सका केसहरू रिपोर्ट गरिएको छ। यसको मतलब यो रोग भारतको धेरै नजीक पुगेको छ, त्यसैले हामी पनि सतर्क रहनु आवश्यक छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सचिव पिके मिश्राले आइतवार एमपक्ससँग लड्ने तयारी गरिरहेको बताएका छन्। रोगबारे निगरानी बढाउन र आवश्यक पाइला चाल्न निर्देशन दिने निर्णय भएको छ। प्रधानमन्त्री मोदी आफैंले पछिल्लो अवस्थाको निरन्तर निगरानी गरिरहेका छन्। यद्यपि, भारतमा यो रोग देखिएको छैन।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads