search

spot_img
spot_img

मधेस प्रदेशमा रक्षाबन्धन (राखी) धूमधामका साथ मनाइयो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ/
मधेस प्रदेशमा सोमवार रक्षाबन्धन (राखी) पर्व धूमधामका साथ मनाइएको छ। दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रूपमा मानिएको यो पर्वमा दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाको लागि प्रतिबद्धता माग्ने चलन छ। दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर उनीहरूको दीर्घायु, स्वास्थ्यको कामना गरेका थिए। पर्वमा दाजुभाइहरूले गच्छे अनुसार उपहार दिने र दिदीबहिनीको रक्षा गर्ने प्रतिबद्धता जाहेर गर्दछन्। रक्षाबन्धनको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजमा दिदी–बहिनीहरूले विभिन्न पेशाकर्मी, चिकित्सक, प्रहरी, सेना, पत्रकार, सरकारी कर्मचारीहरूलाई राखी बाँधेका थिए भने नारायणी अस्पतालका बिरामीलाई पनि अस्पतालमा पुगेर रक्षाबन्धन लगाएका थिए।
आजै हिन्दू धर्मावलम्बीहरूले जनै पूर्णिमा पनि मनाएका छन्। प्रत्येक वर्ष जनै पूर्णिमा र रक्षाबन्धन एकै दिन मनाइँदै आएको छ। जनै पूर्णिमाको दिन हिन्दूहरूले जनै मन्त्राएर लगाउने गर्छन्। यसैगरी आजको दिन क्वाँटी खाने चलन पनि छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads