search

spot_img
spot_img

स्वास्थ्य चौकीको लापरवाहीका कारण सुत्केरीको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ/
रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरस्थित स्वास्थ्य चौकीमा चिकित्सकको लापरवाहीको कारण एकजना सुत्केरीको मृत्यु भएको छ।
सोमवार बिहान प्रसवका लागि आएकी गरुडा नगरपालिका–३ मलाहीटोल निवासी राकेशकुमार सहनीकी २० वर्षीया पत्नी शर्मिलाकुमारी सहनीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पति राकेशले बताए। शर्मिलाले बच्चा जन्माएको चार घण्टापछि रक्ताल्पताको कारण मृत्यु भएको उनका पति राकेशले बताए।
शर्मिलाले सामान्य अवस्थामा छोरी जन्माएकी थिइन्। त्यसपछि उनको अत्यधिक रक्तस्राव भएको थियो। शरीरमा रगतको अभाव भएपछि मृत्यु भएको पति राकेशले आरोप लगाए। उनले स्वास्थ्य चौकीका चिकित्सकले उपचारमा गम्भीर लापरवाही गरेको कारण शर्मिलाको मृत्यु भएको बताए।
स्वास्थ्यचौकीका अनमी प्रतिमा यादवले भनिन्–सामान्य अवस्थामा सुत्केरी भएकोले थप उपचार र विकल्प खोज्ने अवस्था थिएन, परिवारका आफन्तसँग राम्रो कुराकानी गरिरहेकी थिइन्। विहान ८ बजेपछि एकाएक रक्तस्राव भएपछि शर्मिला बेहोश भइन् र त्यसपछि उनको मृत्यु भएको अनमी यादवले बताइन्।
स्वास्थ्य चौकीका स्वास्थ्य शाखा संयोजक रामनरेश यादवले शर्मिलाको अत्यधिक रक्तस्रावका कारण रगतको कमी भएपछि कमजोरी भएर ज्यान गएको हुन सक्ने बताएका छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads