search

spot_img
spot_img

मेघालयको खासी जनजातिको विवाह

पढ्न छुटाउनुभयो ?

भारत विविधताको देश हो, यहाँका प्रत्येक राज्यको संस्कृति र परम्परा फरक छ। जहाँसम्म विवाहको कुरा छ, यस देशका अधिकांश भागमा विवाहपछि बेहुली बेहुलाको घर जानुपर्छ, तर भारतको मेघालयमा एउटा जनजातिको विवाहको नियम अलि फरक छन्। यहाँ बेहुलाले घर छाडेर बेहुलीको घरमा बस्नुपर्ने हुन्छ।
भारतको उत्तरपूर्वी राज्य मेघालयमा खासी जनजातिको विवाहलाई लिएर फरक चलन छ। यहाँको परिवार पिताले होइन, आमाले चलाउँछन् अर्थात् मातृवंशीय व्यवस्थाले परिवार चलेको छ।
छोरीले सम्पत्ति पाउँछन्ः यसको मतलब घरको सम्पत्ति आमाबाट छोरीलाई हस्तान्तरण हुन्छ, न कि बाबुबाट छोरालाई। छोराछोरीले आमाको थर राख्छन्, विवाहपछि बेहुला बेहुलीको घरमा बस्छन्। उनीहरूको समाजमा महिलालाई पूरै सम्मान र पुरुषभन्दा बढी अधिकार दिइएको छ।
मेघालयमा एउटै गोत्रका दुर्ई व्यक्तिको विवाहलाई अनुमति छैन। यहाँको विवाहमा केही रोचक चलन र परम्पराहरू छन् जसमा केटीहरूले केटाहरूलाई प्रस्ताव गर्छन्। युवा पुरुष र महिलाहरूलाई आफ्नो जीवन साथी छनोटमा पर्याप्त स्वतन्त्रता दिइएको छ। बिहे गर्न लागेका मानिसहरू इन्गेजमेन्ट अगावै एकअर्कालाई राम्ररी चिन्छन्।
परिवारको सहमति आवश्यकः मेघालयमा परम्परागत विवाहहरू धेरै जटिल छन्। यस राज्यमा केटा र केटीको विवाह दुवै परिवारले सहमति गरेपछि मात्रै हुन्छ। कतिपय अवस्थामा औपचारिक विवाह समारोह हुँदैन। यो समारोह दुलहीको घरमा हुन्छ र दम्पतीले एकअर्कासँग घण्टी साटासाट गर्छन्।
दाइजो लिइँदैनः मेघालयमा विवाहबारे सबैभन्दा राम्रो कुरा भनेको यहाँ दाइजो प्रथा छैन। विवाहमा लुगा लगाउने शैली एकदमै बेग्लै छ। महिलाहरूले परम्परागत गहना लगाउँँछन्, दुलहीको पोशाकलाई स्थानीय भाषामा धारा वा जेनेज्म भनिन्छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads