search

spot_img
spot_img

भौतिकवादी समाजको मकवानपुर र रौतहट भेला सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ भदौ/
भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर भेला सम्पन्न भएको छ।
रौतहट जिल्ला अध्यक्ष विनोद काफ्ले सहजकर्ता रहेका भेलामा केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले विवाहित महिलाहरूलाई चुरा, सिन्दुर, लिपिस्टिकआदिसँग माया बस्नु भनेको पुरुषप्रधान समाजको दासतासँग माया बस्नुरहेको बताए।
उनले नेपाल–भारत जस्तो देशमा सबैभन्दा बढी अन्धविश्वास मान्ने महिलाहरू नै रहेको बताए। अब महिलाहरू अन्धविश्वास रुढिवाद र पाखण्डबाट मुक्त हुन जरुरी रहेको बताए। एकाइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो। अब पनि अन्धविश्वासमा रुमलिनु भनेको मूर्खता बाहेक अरू केही होइन उनले भने।
अन्तक्र्रियामा पत्रकार सम्झना घिमिरे तथा पुरुषोत्तम आचार्य, दिलबहादुर सुनार, गणेश विश्वकर्मा, सुदिप विश्वकर्मा, प्रमिला सुनार, रोमिन ओली लगायतले जिज्ञासा राखेका थिए।
भेलाले गणेश विश्वकर्माको अध्यक्षतामा दुर्ई सदस्य पछि थप्नेगरी सात सदस्यीय मकवानपुर जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ। जसको सचिव सुदिप विश्वकर्मा र कोषाध्यक्ष रोमिन ओली तथा सदस्यहरू दिलबहादुर सुनार र पुरुषोत्तम आचार्य रहेका छन्।
यसैगरी भौतिकवादी समाज रौतहटको जिल्ला भेला पनि सम्पन्न भएको छ। समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको उपस्थितिमा भएको भेलाको सहजकर्ता समाजको साधारण सदस्य विनोद काफ्ले थिए।
कार्यक्रममा २० जना सदस्यले आआफ्नो धारणा, अनुभूति र अनुभव राखेका थिए।
सदस्य काफ्लेले यतिबेला कम्युनिस्टहरू आफूलाई माक्र्सवादी बताउने गर्छन् आफ्नो दर्शन द्वन्द्वात्मक भौतिकवादी बताउने गर्छन् तर व्यवहारमा कसैले पशुपतिमा सुनको जलहरी चढाउने कसैले भैसीको पूजा गर्ने कोही चाहिं लामाको चरणमा त्वम् शरणम् गच्छामि हुने जस्तो परिस्थिति हेर्दा मानिसहरूमा भ्रम उत्पन्न हुन थालेको बताए।
कार्यक्रममा सौगात विश्वकर्मा, आकाश बस्नेत, दीपेन्द्र शाह, विनोद राम, गणेश बस्नेत, राजेन्द्र श्रेष्ठले मन्तव्य राखेका थिए।
भेलाले १७ सदस्य जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ। जसको अध्यक्ष विनोद काफ्ले, सचिव सौगात विश्वकर्मा, सदस्यहरूमा मनोज विश्वकर्मा, सरला क्षत्री, धनदेव जोशी, आकाश बस्नेत, शिवदयाल राउत, जितेन्द्रप्रसाद शाह, विनोदराम, रामज्ञा राम, दिपेन्द्र विश्वकर्मा, सुरेन्द्र शाह, नरबहादुर थापा, मिथुन सहनी, राजेश कुमार दास, रामप्रसाद आचार्य र लक्ष्मण खनाल रहेका छन्।
समाजको सल्लाहकार गणेश बस्नेत र राजेन्द्र श्रेष्ठ छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads