search

spot_img
spot_img

सजिवनको पात सबैभन्दा बढी स्वस्थकर

पढ्न छुटाउनुभयो ?

सजिवन जसलाई ड्रमस्टिक अथवा मोरिङ्गा पनि भनिन्छ यसलाई जादूको रूख भन्दा हुन्छ। शताब्दीयौंदेखि आयुर्वेदमा यसको प्रयोग हुँदै आएको छ। यसको फूल, बीउ, फल र जरा सबै पोषक तत्वले भरिपूर्ण हुन्छ तर यसको पातको सेवन सबैभन्दा स्वस्थकर मानिन्छ।
एउटा रिपोर्ट अनुसार सजिवनको पात भिटामिन (ए, सी र ई), खनिजहरू (क्याल्सियम, पोटासियम र फलाम) र आवश्यक एमिनो एसिडसहित पोषक तत्वहरूको पावरहाउस हो। मोरिङ्गा क्वेरसेटिन, क्लोरोजेनिक एसिड र बिटा क्यारोटिनजस्ता एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसको सेवनले आयु घटाउने यी ६ रोग लाग्दैनन्।
फ्याटी लिभरः नेशनल इन्स्टिच्युट अफ हेल्थको प्रतिवेदन अनुसार मोरिङ्गाको पातको सेवनले नन अल्कोहलयुक्त फ्याटी लिभरबाट बच्न सकिन्छ। यसमा पाइने पोषक तत्वले कलेजोको सुनाइ कम गर्छ र यसलाई क्षति हुनबाट बचाउँछ।
रक्तचापः सजिवनमा पाइने क्वेर्सेटिन नामक एन्टिअक्सिडेन्टले रक्तचाप कम गर्न मदत गर्छ। साथै यसको पातमा पोटासियम पनि हुन्छ, जसले धमनीमा रगतको प्रवाहलाई सजिलो बनाउँछ।
मधुमेहः सजिवनको पातमा इन्सुलिनजस्ता तत्व पाइन्छ, जसले रगतमा चिनी बढेकोमा नियन्त्रण गर्न मदत गर्छ। यसबाहेक सजिवनमा पाइने फाइबरले रगतमा चिनीको अवशोषणलाई पनि सुस्त बनाउँछ, जसले गर्दा मधुमेहको सम्भावना कम हुन्छ।
कोलेस्ट्रोलः सजिवनमा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ जसले रगतमा खराब कोलेस्ट्रोल (एलडिएल) को स्तर घटाउन मदत गर्छ। यसले अवरोधका कारण स्ट्रोक र हृदयघातजस्ता जोखिम कम गर्छ।
कब्जियतः सजिवनको पातमा पाइने फाइबरले पाचन सुधार गर्न र कब्जियतबाट राहत प्रदान गर्न मदत गर्छ। यसबाहेक सजिवनमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले पाचनसम्बन्धी समस्याबाट पनि राहत दिन्छ।
मोटोपनाः सजिवनमा फाइबर र प्रोटिन हुन्छ जसले भोक नियन्त्रण गर्न मदत गर्छ। यसबाहेक सजिवनमा पाइने क्लोरोफिल तौल घटाउन पनि सहयोगी हुन्छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads