search

गण्डक–परवानीपुर सडकखण्डको बिरुवा मर्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ भदौ/
त्रिभुवन राजमार्ग अन्तर्गतको बाराको परवानीपुर गाउँपालिकाको क्षेत्र पर्ने परवानीपुर हबीब मार्केटदेखि गण्डक चोकसम्मको चार किलोमिटर लम्बाइको डिभाइडरमा लगाइएका बिरुवा मर्न थालेका छन्।
उचित स्याहारसुसार नहुँदा गाईवस्तु र बालबालिकाले बिरुवा भाँच्दा बिरुवाहरू सुक्न थालेका छन्। सो क्षेत्रमा धेरै शुभेच्छुकहरूको सक्रियतामा वृक्षारोपण गरिएको थियो। लायन्स क्लब अफ वीरगंज, चाचान समूह, चावोसति समूह, परवानीपुर गाउँपालिकालगायतको सक्रियतामा विभिन्न प्रजातिको अशोक, वर, पीपल तथा फूलहरूको बिरुवा रोपिएको थियो तर बिरुवा संरक्षण गर्ने छेकबार नलगाउँदा क्षति पुगिरहेको बुझिएको छ।
यस विषयमा गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले विभिन्न सरोकारवाला निकायले वृक्षारोपण गरेको र संरक्षण गर्ने पालिकाको दायित्वभित्र पर्ने भएकोले सकेसम्म संरक्षण गरेको बताए।
सबै बिरुवा मरेका छैनन् केही मरेका छन्। बिरुवा हेर्ने हेरालुसमेत राखिएको र चाँडै छेकबार तथा मरेको बिरुवाको ठाउँमा अर्को बिरुवा लगाउने उनले प्रतिबद्धता जनाए। केही बिरुवा सुके पनि पुरानो पात झरेर नयाँ पात पलाउन थालेको उनले बताए।
गापा अध्यक्ष कुर्मीले परवानीपुर भएर आवतजावत गर्ने यात्रीहरूको लागि हराभरा परवानीपुर बनाउने बृहत वृक्षारोपण अभियान अन्तर्गत गत वर्ष र यस वर्षको प्रतिफलको कारण परवानीपुरको डिभाइडरमा बिरुवा देखिएको छ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads