search

spot_img
spot_img

वीरगंजका दिवश इयू युथ साउँडिङ् बोर्डमा चयन

पढ्न छुटाउनुभयो ?

वीरग‌ंज,६ भदौ वीरगन्ज महानगरपालिका, भेडियाही वार्ड-१५ निवासी दिवश सर्राफले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रतिनिधित्व गर्दै युरोपियन युनियनको युथ साउँदिङ बोर्डमा आफ्नो स्थान सुरक्षित गरेका छन्। १२१२ आवेदकहरूमध्ये कठोर छनोट प्रक्रियामा उत्कृष्टता प्रदर्शन गर्दै अन्तर्वार्तामा पनि अग्रणी स्थानमा रहेर दिवश ३० सदस्यीय प्रतिष्ठित सूचीमा छनोट भएका हुन्। यो सम्मानित बोर्डमा स्थान बनाउनु केवल व्यक्तिगत सफलता मात्र नभएर, सिंगो राष्ट्रको लागि पनि गर्वको विषय हो।
दिवश सर्राफको यस सफलताको पछाडि उनको व्यापक अनुभव र योगदानको हात छ। उनी २०८० सालमा मधेश प्रदेशका युवा मुख्यमन्त्रीको भूमिकामा रहिसकेका छन्, जहाँ उनले प्रदेशका युवाहरूको आवाजलाई बलियो बनाउँदै उनीहरूको समस्याहरू समाधान गर्न नेतृत्वदायी भूमिका निभाएका थिए। सामाजिक सक्रियता र नेतृत्वमा अब्बल दिवशले ग्लोकल टिन हिरो २० अन्डर २० अवार्डसमेत प्राप्त गरेका छन्, जसले उनको क्रियाशीलताको कदर गर्छ।
दिवशले जलवायु परिवर्तन, लैङ्गिक समानता, र मानव अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूमा निरन्तर काम गर्दै आएका छन्। उनले ७ औं र ८ औं राष्ट्रिय युवा सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। साथै, UNICEF CAMH Chatbot Project र National Adolescent Boys Network जस्ता सामाजिक पहलहरूमा पनि उनी अग्रसर छन्।
दिवशको यो चयनले वीरगन्ज, मधेश प्रदेश, र सिंगो नेपाललाई गर्व गर्नलायक बनाएको छ। उनी युरोपियन युनियनको युथ साउँदिङ बोर्डमा नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने दृढ संकल्पका साथ अघि बढ्नेछन्। यस भूमिकामा उनले नेपालका युवाहरूको लागि अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त आवाज दिनेछन्, जसले नेपालको सामाजिक, पर्यावरणीय, र दिगो विकासको मार्गलाई अझ उज्यालो बनाउनेछ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads