search

spot_img
spot_img

जब पानी पर्छ, चोर्नी गाउँ डुबानमा पर्छ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ वैशाख । वीरगंज महानगरपालिका वडा नं ३२ स्थित चोर्नी गाउँ प्रत्येक वर्षको वर्षात्मा डुबानमा पर्ने गरेको छ । गत सातादेखिको पटकपटकको वर्षाका कारण सो गाउँको मुख्य सडकदेखि पूर्वपट्टिको जिरात टोल सधैं डुबानमा पर्ने गरेको टोलवासीले बताए ।
शुक्रवार बिहान १ देखि ८ बजेसम्म परेको अपिरल वर्षाले कियासोत खोला र उत्तरी सरेहको पानी बस्तीमा पसेपछि गाउँ डुबानमा परेको थियो । बिहान ३ बजे करीब चार दर्जन गाउँलेको घरमा पानी पस्दा सबै आत्तिएका थिए । पानी पसेपछि बालबालिका, अन्न, लत्ताकपडा, गरगहनालगायत सुरक्षित स्थानमा राख्न गाउँले व्यस्त थिए ।
स्थानीय रामअशिष रामका अनुसार यो समस्या यस वर्षको भदौको मात्रै नभएर हरेक वर्षको हो । उक्त गाउँमा पस्ने पानीको निकासको व्यवस्थापन नभएकोले यस्तो सास्ती खेप्नुपरेको उनले बताए । शुक्रवार साँझ ५ बजेसम्म बस्तीको पानीको निकास नभएपछि सबै गाउँले मिलेर मुख्य सडक नै काटेर पानीको निकास निकालेका थिए ।
हिमाल आयरनदेखि बेल्वाको कोनिहिया जाने चोर्नी गाउँको कालोपत्रे सडक कटान गरी पानीको निकास निकालिएको हो । चोर्नीकी उर्मिला देवी भन्छिन्, “हामी कति पीडामा छौं, सरोकारवाला निकाय हेर्न आएको छैन, मुखिया पञ्चलाई फोन गरी बोलाउँदा समेत उहाँहरू आउनुहुँदैन ।”
सो वडाका जनप्रतिनिधिहरूसमेत उक्त गाउँको सडक र नाला निर्माणमा उदासीन बनेको गाउँलेको भनाइ छ । वीरगंज महानगर, प्रदेश सांसद, सङ्घीय सांसदको ध्यानाकर्षण हुनुपर्ने र आफूहरूको समस्या समाधान हुनुपर्ने गाउँलेको माग छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads