search

spot_img
spot_img

वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन

पढ्न छुटाउनुभयो ?

वीरगंज महानगरका–२६ सुगौलीबिर्ताका वडाध्यक्ष शम्भु मिश्र नेतृत्वमा मङ्गलवार वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई चार सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।
वडाध्यक्ष, वडा सदस्य, स्थायी, करार, ज्यालादारी कर्मचारीसहितको टोलीले ज्ञापनपत्र बुझाउँदै चारवटा माग पूरा गराउन माग गरेका थिए । चार बुँदे मागसहितको ज्ञापनमा वडा कार्यालयको पुरानो भवन जीर्ण भएर नयाँ भवन निर्माणको क्रममा रहेको तर भुक्तानी अभावले ठेकेदारले काममा ढिला गरेको, कम्प्युटर अपरेटर तथा दैनिक ज्यालादारीमा काम गर्ने सरसफाइ कर्मचारीको तलबभत्ता अविलम्ब व्यवस्था गर्न माग गरिएको छ ।
सफाइ कर्मचारीले तलबभत्ता नपाउँदा सरसफाइ एवं फोहोर सङ्कलनमा समस्या आएको भन्दै सोको अविलम्ब व्यवस्था मिलाउन आग्रह गरिएको थियो । गत आव २०८०/८१ मा वडा कार्यालयले खर्च गरेका बिलहरूको भुक्तानी अहिलेसम्म नभएको भन्दै सोको व्यवस्था मिलाउन पनि वडाध्यक्ष मिश्रले आग्रह गरेका थिए । ज्ञापनपत्र बुझेपछि मागहरू सम्बोधनको लागि आफूले पहल गर्ने प्रप्रअ भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads