वीरगंज, १३ भदौ । वीरगंज महानगरपालिका वडा नं. ३१ अन्तर्गत रहेका भेडाहा नदीको अहिले व्यापक दोहन भइरहेको छ । खोलाबाट दैनिक सयौं ट्याक्टरबाट बालुवा, गिट्टीको रात्रिको समयमा तस्करी भइरहेको छ ।
मिलनचोकका प्रहरी चौकीका असई विनोद सिंह र सशस्त्र प्रहरीको मिलोमतोमा बालुवा, गिट्टीको तस्करी भइरहेको स्थानीको आरोप छ ।
यस विषयमा वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले यसपालि संघ सरकारको प्रतिबन्धको कारण प्रशासनको मिलोमतामा बालुवा गिट्टीको तस्करी भइरहेको बताए । वीरगंज महानगरपालिका राजस्व फाँटका मनोज कर्णले आव २०८०/८१ मा साढे तीन महीनाको लागि नब्बे लाखमा ठेक्कापट्टा सञ्जय पटेलले पाएका थिए तर यसपालि संघ सरकारले स्थानीय सरकारमाथि बालुवा गिट्टीको ठेक्कापट्टा नगर्न भनेको र प्रतिबन्ध कारण बालुवा गिट्टीको ठेक्कापट्टा हुन नसकेको बताए । उनले वीरगंज महानगरले दशैं तिहारतिर ठेक्कापट्टाको प्रक्रिया शुरु गर्ने बताए ।
ठेक्कापट्टा नभएपछि पनि अहिले सो भेडाहा नदीबाट व्यापक रुपमा टयाक्टरबाट बालुवा, गिट्टीको तस्करी भइरहेको छ । यस काममा प्रशासनको मिलोमतो र रहेको र दैनिक सयौं टयाक्टर बालुवा गिट्टीको तस्करी भइरहेको स्रोतको दावी छ ।
यस विषयमा मिलनचोकका प्रहरी चौकीका असई विनोद सिंहले खोलाको माथि सेनाको क्याम्प भने तल सशस्त्र प्रहरीको क्याम्प छ बीचमा प्रहरी चौकी छ । हाम्रो तीनवटा सुरक्ष्Fा निकाय दिन रात्रि गस्ती गरी सुरक्ष्Fा गरिरहेको भनेर बताए । उनले रात्रिको समयमा खोलातर्फ जान हामी सक्दैनौं तर पनि केही दिन अगाडि मैले चारवटा टयाक्टर समातेको र पाँच हजारको दरले बीस हजारको रसिद काटेको बताए । त्यसपछि नाकाबाट बालुवा गिट्टीको तस्करी जीरोमा छ भनेर असई सिंहले बताए ।

Facebook Comments Box