search

spot_img
spot_img

अंशका लागि विनोद गिरी सपरिवार आमरण अनशनमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ बजार क्षेत्रमा हिजो बुधवारदेखि विनोद गिरी परिवारका सदस्यसहित आमरण अनशनमा बसेका छन्। जीतपुरमा नाम चलेका स्व भिखारी गिरीका उनी छोरा हुन्। आठजना दाजुभाइमध्ये विनोद तेस्रो नम्बरका छोरा हुन् र अंशका लागि अदालतबाट पनि पराजित भएपछि सपरिवार आमरण अनसशनमा बसेका हुन्। कान्छा भाइ राजु गिरीको घरअगाडि विनोद पत्नी मालती गिरी र छोरी निकिता गिरीसहित आमरण अनशनमा बसेका छन्। उनले बुबाको सम्पत्तिबाट आफूले एक बिघा १८ कट्ठा जग्गा पाउनुपर्न मागदाबी गर्दै आएका छन्। दाजुभाइले आफ्नो अंश मारेको उनको आरोप छ। यस विषयमा उनले दाइभाइविरुद्ध दिएको अंश मुद्दामा अदालतबाट पराजित भएका छन्। अदालतबाट पराजित भएर अंश नपाउने अवस्थामा पुगेकाले उनी अंशकै लागि आमरण अनशनमा बसेका हुन्। दाजुभाइले अंश मारे पनि अदालतले उनीहरूलाई नै सही ठहर ग–यो, अब प्राण त्याग गरी विरोध गर्नुको विकल्प नभएको विनोदले बताए। भाइ राजु गिरीले भने दाजुले अंश लिइसकेको र अदालतले पनि त्यसको ठहर गरिसकेको बताए।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव

धरान, २ साउनः खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच...

सम्बन्धित खबर

- Advertisement -neelambads