search

spot_img
spot_img

भाइरल ज्वरोका बिरामी बढे

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ/
पर्सागढी नगरपालिकामा मौसमी भाइरल ज्वरोको प्रकोप अत्यधिक मात्रामा देखा परेको छ।
वर्षा भएसँगै बढेको अत्यधिक गर्मीका कारण अहिले यो नगरपालिकाका घरघरमा मौसमी भाइरल ज्वरोको प्रकोप देखा परेको छ।
मौसमी ज्वरो अत्यधिक मात्रामा देखा परेपछि अहिले यहाँका क्लिनिक तथा स्वास्थ्य चौकीहरूमा भाइरल ज्वरोका रोगीहरू उपचारका लागि आउने क्रम बढेको छ। क्लिनिक र चौकीहरूमा भाइरल ज्वरोबाट पीडितहरूको भीड बढेको स्थानीय चिकित्सकले बताए। सरुवा रोग भएकोले परिवारका एकजनामा लागेसँगै एकपछि अर्काेमा सर्ने र परिवारै ज्वरोको चपेटामा पर्ने गरेको पर्सागढी नपा–३ निवासी सीमा कुमारी बताउँछिन्। उनले आफ्नो घरमा एकपछि अर्काे गरी परिवारका सदस्यहरू भाइरल ज्वरोको चपेटा परेका बताएकी छन्।
राम हेल्थ क्लिनिक बडनिहारका स्वास्थ्यकर्मी रामबाबू साहले अहिले उपचार गराउन आउने बिरामीहरूमा भाइरल ज्वरोको प्रकोप अत्यधिक मात्रामा देखा परेको बताए। उनले टाउको दुख्ने, पखाला, वाकवाकी लाग्ने, कमजोरी हुने, १०४ डिग्रीसम्म ज्वरो लाग्ने, खाना नरुच्ने जस्ता लक्षण देखा परेका बिरामीहरूकै क्लिनिकमा अहिले भीड देखिएको बताए। उनले भाइरल ज्वरो एकबाट अर्काेमा सर्ने गरेको र बिरामीमा ज्वरो निको हुन तीनदेखि सात दिन लाग्ने गरेको बताए।
नारायणी अस्पतालका डा उदयनारायण सिंहले भाइरल ज्वरोका बिरामीले झोलिलो खानेकुरा बढी खानुपर्ने बताएका छन्। अस्पतालको आकस्मिक कक्षमा दैनिक १० जना र ओपिडीमा ३० बढी बिरामी आइरहेका र अन्य अस्पताल अनि क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामीहरू बढी रहेको बताए।
अहिले तीन दिनदेखि भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या अत्यधिक बढेको उनले बताए। बिरामीलाई पानी उमालेर मनतातो पारी पियाउनुपर्ने, भीडभाडमा नजाने, घरमा सक्दो आराम गर्ने र ज्वरो लागेका बिरामीले पारासिटामोल अनि रुघाखोकी लागेकाले कफ सिरपबाहेक पाँच दिनसम्म अन्य औषधोपचार नगर्ने र पाँच दिनसम्म पनि स्वास्थ्यलाभ नभएमा चिकित्सकीय परामर्शमा औषधि सेवन गर्नुपर्ने सुझाए।
भाइरल ज्वरोको प्रकोप यतिखेर समग्र पर्सा जिल्लामा देखिएको छ। गाउँपालिका, नगरपालिका र महानगरपालिकाका क्लिनिक, अस्पताल, स्वास्थ्य चौकीहरूमा अहिले भाइरल ज्वरोका बिरामीहरूको भीड बढेको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads