search

spot_img
spot_img

झबराहामा अवैध मदिराभट्टी नियन्त्रणका लागि प्रहरी प्रयास न्यून

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ/ पर्सा जिल्ला, पर्सागढी नगरपालिकाको झबराहामा सञ्चालित अवैध घरेलु मदिराभट्टी नियन्त्रण र रोकथाममा प्रहरी अहिलेसम्म सफल हुनै सकेको छैन। जिल्लाभरिमा सञ्चालित अवैध घरेलु मदिराभट्टीमध्ये पर्सागढी नपा–३ झबराहामा चार सयको हाराहारीमा अवैध मदिराभट्टी सञ्चालनमा रहेका छन्। स्रोतका अनुसार झबराहामा व्यावसायिकरूपमा तीन सय र व्यक्तिगत सेवनको लागि एक सय गरी चार सय मदिराभट्टी सञ्चालनमा छन्। दशकौंदेखि अवैध घरेलु मदिराभट्टी सञ्चालनमा रहे पनि प्रहरीले कहिलेकाहीं मात्र छापामारी गरेर नष्ट गर्ने र अधिकांश समय चुप बस्ने गरेकोले यहाँ मदिराभट्टी नियन्त्रणमा आउनुको साटो बढ्दो छ। झबराहामा ५० घर धाङ्गड र २५० घर तामाङहरूको छ र साथै बाहुन अनि क्षत्रीको पनि बसोबास छ। धाङ्गड र तामाङहरूको मुख्य पेशा नै मदिरा उत्पादन हो। यहाँका बासिन्दाहरू कसैको नम्बरी जग्गा छैन। गुठी अन्तर्गतका जग्गामा बसोबास र खेतीपाती गर्छन्। बाहुन र क्षत्रीहरू गुठीको जग्गामा खेतीपाती गर्ने तथा अन्य पेशा व्यवसायमा संलग्न छन्। धाङ्गड र तामाङहरूको भने मुख्य पेशा नै मदिरा उत्पादन हो। परिवारका सदस्यहरू मिलेर मदिरा उत्पादन गर्ने अनि साइकल, स्कूटी र अटो–टेम्पोमा राखेर वीरगंज, जीतपुर र भारतसम्म पु–याउने कार्य गर्छन्। झबराहामा उत्पादित मदिराको माग बढ्दो छ। मिसावट कम हुने र घरेलु उच्चकोटिको मदिरा उत्पादन हुने हुँदा पर्सा र बारा जिल्लामा यहींबाट उत्पादित मदिराहरू पुग्ने गरेको छ। यस अघि मकवानपुरबाट जीतपुर र वीरगंजसम्म घरेलु मदिरा आउने गथ्र्यो। झबराहाबाट अहिले ट्युब, प्लास्टिकको झोलामा मदिरा भरेर गन्तव्यमा पु–याइन्छ भने कतिपय व्यापारीहरू त्यहीं पुगेर मदिरा खरीद गर्छन्। यसैगरी, झबराहाबाहेक सखुवाप्रसौनी गाउँपालिका–१ मधुवन मथवल, सिद्धपुर, पटेर्वासुगौली गापा–२ को चापी, थरघट्टी, रामभौरीभाठा, ठोरी गापाको सुवर्णपुर, निर्मलबस्ती, गोपीबस्ती, आठघरे, रामनगर, जीराभवानी गापाको शङ्करसरैया, सखुनिया, छिपहरमाई गापाको झलमैया, बन्जारी र भिस्वा, पकाहामैनपुरको खेस्राहालगायतका क्षेत्रमा अवैध मदिराभट्टी सञ्चालनमा छन्।घरेलु मदिराभट्टीबारे प्रहरीलाई जानकारी छ तर यसविरुद्धको अभियान अहिलेसम्म सञ्चालन गरेको छैन। जसले गर्दा अवैध घरेलु मदिराभट्टी पर्सा जिल्लामा दिनानुदिन बढ्ने क्रममा छन्। घरेलु मदिराभट्टीका कारण सो क्षेत्रका बासिन्दाहरू विभिन्न समस्या झेल्दै आएका छन्। गाउँटोलका केही व्यक्तिहरूले अवैध घरेलु मदिराभट्टी सञ्चालन गर्दा गाउँ नै दुर्गन्धित हुने गरेको स्थानीयले गुनासो गरेका छन्। भट्टी सञ्चालकहरूले सयौं ड्रम पास (मदिरा बनाउने झोल पदार्थ) बनाउने गरेका हुँदा गाउँटोल दुर्गन्धित हुने गरेको छ। दुर्गन्धबाट आम नागरिकको स्वास्थ्यमा नराम्रो प्रभाव पर्नुका साथै ससाना बालबालिका तथा गृहिणीहरूमा पनि नकारात्मक प्रभाव परेको स्थानीयले गुनासा गरेका छन्। मदिरा उत्पादन भएपछि बाँकी विकार पदार्थले गाउँटोल झनै दुर्गन्धित हुने गरेको छ। सो विकार पदार्थ गाउँटोलनजीकै रहेका नदीमा बगाउँदा नदी पनि दुर्गन्धित भएको छ। पर्सा प्रहरीले पछिल्लो समयमा घरेलु मदिराभट्टीविरुद्धको अभियान सञ्चालन नगरेको एक वर्ष हुन लाग्यो। पालिकाहरूमा प्रहरी चौकी, इप्रकाहरू छन् तर उनीहरूले पनि अहिले यसविरुद्धको अभियान सञ्चालन गरेका छैनन्, जसले गर्दा अवैध मदिरा उत्पादनमा प्रहरीको मिलेमतो रहेको आरोप लाग्ने गरेको छ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

परवानीपुरमा उत्पादित कार्पेट दुबई निकासी्

राधेश्याम पटेल, १ साउन । वीरगंज–पथलैया औद्योगिक कोरिडोरको एक उद्योगले तेस्रो मुलुक कार्पोट निकासी शुरु गरेको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads