search

spot_img
spot_img

सिमरामा चौथो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ भदौ/ बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता–२०८१ आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।
सिमरा भेट्रान क्लबले असोज १ गतेदेखि प्रतियोगिता हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । क्लबका सचिव हरि चौधरीले सिमरा रङ्गशालामा हुने प्रतियोगिता असोज ५ गतेसम्म चल्ने बताए । उनले खेलकूद नै राष्ट्र र स्वास्थ्यको आयाम भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहने जानकारी गराए । पत्रकार सम्मेलनमा सचिव चौधरीले विजेता टीमले नगद रु तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने बताए ।
चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता–२०८१ मा युनिटी क्लब वीरगंज, हेटौंडा भेट्रान क्लब मकवानपुर, चितवन भेट्रान फूटबल क्लब चितवन, रियल फ्रेन्ड भेट्रान सिक्किम, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, हाम्रो धरान फूटबल क्लब धरान, कटारी टाइगर भेट्रान क्लब कटारी, पोखरा भेट्रान पोखरा, भारतका लेजेन्ड भेट्रान्स क्लब दार्जीलिङ, क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकाता र आयोजक सिमरा भेट्रान क्लब सिमरा गरी १२ वटा टीम सहभागी हुने सचिव चौधरीले बताए । उनले अहिले एउटा टीमबाट सहभागिताको लागि जानकारी नआएको बताए ।
सचिव चौधरीले देशकै सर्वाधिक धनराशि भएको प्रतियोगिता सिमरामा आयोजना गर्न लागिएको दाबी गरे । उनले प्रतियोगिता सम्पन्न गर्नका लागि आन्तरिक तयारी तीव्र गतिमा भइरहेको बताए । प्रतियोगितामा कुल ३२ लाख ५३ हजार रुपैयाँको खर्च अनुमान गरिएको र सोको लागि क्लबका अध्यक्ष राजकपूर राउत विजयको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, मधेस प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिकाका वडासदस्य विशाल घिमिरे, सदस्य राजु तिमल्सिनालगायतको सहभागिता थियो । पत्रकार सम्मेलन क्लबका अध्यक्ष विजयको अध्यक्षतामा भएको थियो भने स्वागत सल्लाहकार विनोद परियार र सहजीकरण प्रदीप गौतमले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

सिरहा, २९ असार : सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads