search

एकै परिवारका चारजनालाई एमबिबिएसमा पूर्ण छात्रवृत्ति

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । वीरगंजको एकै परिवारका चारजना सदस्यले चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
पर्सा, पकाहामैनपुर गाउँपालिका–४ लहावरथकरी घर भई हाल वीरगंज–११ श्रीपुरमा बस्दै आएका इन्जिनीयर फिरोज राकी एवं शिक्षिका नसिमा प्रवीनका एक छोरी र तीन छोरा नेपाल चिकित्साशास्त्र आयोगले हरेक वर्ष लिने एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्ष्Fामा सफलता हासिल गरेका हुन् ।
हिमाल आयरनमा २५ वर्ष इन्जिनीयर पदमा कार्यरत फिरोज र वीरगंज–३० प्रसोतीपुरमा मदर्सा इस्लामियाकी प्रधानाध्यापिका नसिमा प्रवीन चारजना सन्तानको पढाइबाट खुशी छन् । चारजना छोराछोरीले एमबिबिएस अध्ययनको लागि लाग्ने करीब अढाई करोड शुल्क पूर्ण छात्रवृत्ति पाएर आर्थिक भार कम गरेकोमा खुशीले गदगद छिन् । सामान्य आर्थिक अवस्थाका राकी दम्पतीले छोराछोरीको उपयुक्त लालनपालन र हेरचाहले गर्दा सो सफलता हासिल भएको हो ।
२०७६ सालमा सबैभन्दा जेठो सन्तान छोरी नबु प्रवीन (२४ वर्षीया)ले एमबिबिएसको प्रवेश परीक्ष्Fामा पूर्ण छात्रवृत्ति पाएकी थिइन् भने २०८० अर्थात् गत वर्षको प्रवेश परीक्ष्Fामा माइला छोरा समीर राकीले पूर्ण छात्रवृत्ति पाएका थिए ।
यस वर्ष २०८१ को प्रवेश परीक्ष्Fामा दुईजना जुम्ल्याहा छोराले पूर्ण छात्रवृत्ति पाएपछि अहिले फिरोज र नसिमा छोराछोरीको सफलतामा मिठाइ बाँडेर खुसीयाली साटासाट गरिरहेका छन् ।
१७ वर्षीय असीम राकी र नसीम राकी उस्तै देखिन्छन् । उनीहरूको जन्मान्तरमा केही सेकेन्डको मात्र अन्तर छ । वीरगंज, माईस्थान विद्यापीठबाट एसइई उत्तीर्ण गरेका जुम्ल्याहा दाजुभाइ काठमाडौंको प्रसादी एकेडेमीबाट कक्ष्Fा १२ सिध्याएर एमबिबिएसको तयारी दुई वर्षदेखि गरिरहेका थिए ।
गत वर्षको प्रवेश परीक्ष्Fामा उनीहरूको शुल्क तिर्नेगरी नाम निस्केको थियो । यस वर्षको प्रवेश परीक्ष्Fामा पूर्ण छात्रवृत्तिसहित जुम्ल्याहा दाजुभाइले नाम निकाल्न सफल भए ।
सो परिवारकी जेठी सन्तान नबु प्रवीन एमबिबिएस उत्तीर्ण गरी अहिले भैरहवामा इन्टर्नशिप गरिरहेकी छन् भने माइला छोरा समीर धरानमा एमबिबिएस अध्ययन गरिरहेका छन् । अब यी दुई जुम्ल्याहा दाजुभाइ पनि एमबिबिएस अध्ययन गर्ने बाटो खुलेको छ ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads