वीरगंज, १८ भदौ । अखिल नेपाल यातायात मजदूर सङ्घ वीरगंज, पर्साको आयोजनामा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंजको देव पार्टी प्यालेसमा सम्पन्न अन्तत्र्रिmयाले वीरगंज तथा बारा, पर्सा क्षेत्रका यातायात व्यवसायीहरूले भोग्नुपरेको समस्याबारेमा संवाद थालेको छ ।
कार्यक्रमका प्रमुख अतिथि ्अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष जगत सिंखडाले भारतीय गाडी गैरकानूनी रूपमा प्रवेश गर्ने र तिनीहरूलाई प्रहरी प्रशासनले कारबाइ नगर्दा आज नेपाली यातायात व्यवसायीहरू मर्कामा परिरहेकोले चर्को आन्दोलन थाल्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका थिए ।
उनले भने, गाडी रोक्नको लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुपर्छ मानेनन भने भारतीय गाडीलाई कानूनी कारबाइ गर्नुपर्छ । उनले नेपालभरिमा आठ अर्बभन्दा बढी लगानी यातायात व्यवसायमा रहेको र जबसम्म यातायातको साधन, स्रोतको विकास हुँदैन तबसम्म देशले विकास गर्दैन । तर नेपाल सरकार यो क्षेत्रलाई विभेद गरेको छ । श्रमको सम्मान गरेको छैन, जसले गर्दा नेपाली यातायात व्यवसायीहरू अहिले रोडमा आउने समय आइरहेको उनले बताएका छन् ।
अखिल नेपाल यातायात मजदूर संघ, पर्साका अध्यक्ष नैमुद्दीन मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिका–४ का अध्यक्ष जगतप्रसाद साह, अन्य वक्ताहरूमा रामचन्द्र कार्की, शालिग्रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box