search

spot_img
spot_img

साइकलबाट पशुपति दर्शन गर्न गए पर्साका युवक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । पर्साबाट एकजना युवक साइकल यात्रा गर्दै सङ्घीय राजधानी काठमाडौं गएका छन् । शनिवार बिहान १० बजे गहवामाई मन्दिरमा पूजापाठ गरी मुकेशकुमार पटेल साइकलबाट काठमाडौं यात्रामा निस्केका हुन् । जगरनाथपुर गाउँपालिका–६ प्रसौनी बस्ने २९ वर्षीय युवक गर्दौलमा रहेको अर्ना बियर उत्पादन गर्ने साउथ एशियन वेबरेज प्रालिमा कार्यरत छन् । बाल्यकालदेखि नै साइकलसँग लगाव रहँदै आएको पटेलले आठ कक्षासम्म अध्ययन गरेका छन् । युट्युबमा पियुष पटेल पेप्सी नाम गरेको ब्लगिङ च्यानल शुरू गरेका पटेल जीवनमा अनौठो काम गर्ने लक्ष्यका साथ पशुपति दर्शन गर्न काठमाडौं गएका हुन् । उनले चार दिनभित्र वीरगंज, हेटौंडा, भरतपुर, मुङलिङ, धादिङ, थानकोट हुँदै काठमाडौं पुगी पुनः सोही बाटो भएर फर्किने योजना रहेको बताए । आगामी दिनमा नयाँ–नयाँ ठाउँ घुमेर ब्लगिङ गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads