search

spot_img
spot_img

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १९ भदौः खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ ।
एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उहाँले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिङ्गो मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु ।”
यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्वलाई पनि जोड दिनुभयो । उहाँले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भूटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads