search

spot_img
spot_img

शिक्षा र प्रविधिमा लगानी समाजको विकासको प्रमुख साधन : खानेपानी मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, २० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताउनुभएको छ ।
बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को कार्यालयद्वारा आयोजित “एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण” कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा युवाहरूको सशक्तीकरण र प्राविधिक शिक्षाको महत्त्वमाथि जोड दिनुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
छात्राहरूलाई कम्प्युटर हस्तान्तरण गर्नुहुँदै मन्त्री यादवले भविष्यको कर्णधारलाई प्रविधिको पहुँच दिलाउन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।
“कम्प्युटर वितरणले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै उहाँहरूको क्षमता र दक्षता बढाउन सहयोग पुर्‍याउने छ । नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार हो,” मन्त्री यादवले भन्नुभयो ।
त्यस्तै उहाँले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा महत्त्वपूर्ण उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको महत्त्वलाई जोड दिँदै भन्नुभयो, “प्रविधिमा पहुँचले विद्यार्थीहरूको भविष्यलाई अझ उज्यालो बनाउन मद्दत गर्नेछ । वीरगञ्ज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।”
वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले पनि वडाले शिक्षामा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारको प्रोत्साहनले विद्यार्थीहरूको आत्मविश्वास बढ्नेछ र उनीहरूलाई अगाडि बढ्न थप उत्प्रेरणा मिल्नेछ ।”
कार्यक्रममा गत वर्ष सम्पन्न एसइई परीक्षामा सहभागी भई उत्तीर्ण गर्ने वडा नम्बर ३० का २६ जना छात्राहरूलाई कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । त्यस्तै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई पदस्थापन भएका वडाका दुई जनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वयम् सेविकाहरूलाई स्मार्ट फोन वितरण गरिएको यादवले बताउनुभयो ।
कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका सभापति नेक मोहम्मद मियाँ, मधेस प्रदेशका पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी, जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारी र नेता, स्थानीय बुद्धिजीवी, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरू पनि सहभागिता रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads