search

spot_img
spot_img

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा गिरी तृतीय भएका छन् । प्रतियोगितामा बिजयी प्रतियोगीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।
राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्टले आयोजना गरेको सो प्रतियोगितामा वीरगंजका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगीहरूले आफ्नो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम, मानव जीवनमा त्यसको महत्व, ओजनको संरक्षणकालागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा डा. सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका वारेमा ब्यक्त गरेका बिचारहरू निकै महŒवपूर्ण रहेको बताउनु भयो । विगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरू यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं भन्दै डा. तिवारीले अहिले भाईबहीनीहरूमा ढुक्कसँग बिचारको प्रस्तुती गर्ने कला देखेर खुशी व्यक्त गर्नु भयो।
कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी.लामिछाने तथा लिभिङ्ग विथ इनभायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागीताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान बरनवाल, सोनी साह कलवार, आकाश साह लगायतले भाग लिएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads