search

spot_img
spot_img

नगरप्रमुखका आश्वासनपछि कर्मचारी आन्दोलन स्थगित

पढ्न छुटाउनुभयो ?

वीरगज, ३० भदौ/ स्थानीय तह कर्मचारी सङ्घ वीरगंज महानगरपालिका कार्यालय एकाइ र नगरप्रमुख राजेशमान सिंहबीच आइतवार भएका छलफलले सार्थकता पाएसँगै आजदेखि घोषित आन्दोलनका कार्यक्रमहरू स्थगित भएका छन् ।
भदौ २६ गते भेला गरेर कर्मचारीहरूको तलब, उपदान, करार सेवा अवधि थप, बढुवा, स्तरवृद्धिलगायतका मागहरू अघि सार्दै प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिने अल्टिमेटम दिएका थिए । सो अल्टिमेटम अनुसार नगरप्रमुख सिंहले आज बिहान कर्मचारीहरूसँग बैठक गरी उनीहरूको माग एक साताभित्र सम्बोधन गरिने आश्वासन दिएपछि आजदेखि घोषित आन्दोलन तत्कालका लागि स्थगन गरिएको स्थानीय तह कर्मचारी सङ्घ वीरगंज महानगरपालिका कार्यालय एकाइका अध्यक्ष मुकेश गुप्ताले बताए ।
उनले कर्मचारीहरूले गत साउनदेखि तलब नपाएको, दशैंलगायतका पर्व नजीकिएको र डेढ वर्षदेखि सेवानिवृत्त कर्मचारीहरूले उपदानबापतको रकम नपाएकालगायतका समस्याहरूबारे ध्यानाकर्षण भएको भन्दै नगरप्रमुख सिंहले साउन, भदौ र दशैंबापतको खर्च कर्मचारीलाई एक साताभित्र उपलब्ध गराउने, सेवानिवृत्त कर्मचारीहरूका बाँकी उपदान रकम दशैंपछि दीपावलीअगावै दिने र अन्य मागहरूका बारेमा पनि बिस्तारै सम्बोधन हुने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको अध्यक्ष गुप्ताले बताए ।
महानगरले सेवानिवृत्त २८ जना कर्मचारीका करीब १४ करोड भुक्तानी दिन बाँकी छ भने मासिक कर्मचारी तलब पौने दुई करोडको हाराहारीमा छ । यसको अलावा करार र दैनिक ज्यालादारी कर्मचारीहरू गरी तीन सयजनाको जेठ महीनादेखि तलब दिन सकेको छैन ।
महानगरको नगरसभा असार ८ गते सम्पन्न भए पनि नगरस्तरीय र वडास्तरीय योजनाहरूको वर्गीकरण गरेर खर्च नतोकिएको कारण अहिलेसम्म महानगरको खाता सञ्चालन हुन सकेको छैन । खाता सञ्चालन नभएको कारण अहिले महानगरको आर्थिक कारोबार ठप्प छ । साउनदेखि नै खाता सञ्चालन हुनुपर्नेमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूबीच सहकार्य नहुँदा खाता सञ्चालनमा ढिला भएको एकजना कर्मचारीले बताए । अहिले कुरा मिलिसकेको र आजभोलिमा खाता सञ्चालन हुने ती कर्मचारीले जानकारी गराए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads