search

spot_img
spot_img

डली चायवालाले नेपालका अतिथिलाई चिया बनाएर खुवाउने

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ३१ भदौ । डली चायवाला सोमवार नेपाल आइपुगेका छन् । सोमवार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुर्ईजना अंगरक्षक र दुर्ईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए ।
त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।
डली चायवाला मंगलवार बेलुका काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् । हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् ।
काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए । ‘उहाँ मार्पmत हामी नेपालको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं । उहाँको भाइरल छविलाई नेपालको पर्यटनको हितमा लगाउँने सोच छ’ अलीले अनलाइनखबरसँग भने ।
भारतमा हालै सम्पन्न जी–सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् । पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् । यतिबेला उनी केही ब्राण्डसँग पनि आबद्ध छन् । ः साभारः अनलाइनखबर
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads