search

spot_img
spot_img

सरकारी विद्यालयमा शिक्षकको थप्न माग गर्दै प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ असोज । आम जनता पार्टी (आजपा) को भातृ संगठन आम विद्यार्थी मोर्चाले वीरगंजमा प्रदर्शन गर्दै सरकारी विद्यालयमा शिक्षकको माग गर्दै प्रदर्शन गरेको छ ।
पहाडका जिल्लाका विद्यालयमा १८ विद्यार्थी बराबर १ शिक्षक तर मधेसका विद्यालयमा १०० विद्यार्थी बराबर १ शिक्षकको दरबन्दी कायम गरेर सरकारले मधेस विभेद गरेको भन्दै आम विद्यार्थी मोर्चाले त्यसका विरूद्ध बुधवार आन्दोलन थालेको हो। आन्दोलनको पहिलो दिन बुधवार आम विद्यार्थी मोर्चाले सामुदायिक विद्यालयका विद्यार्थी र तीनका अभिभावकहरूसहित वीरगंजमा प्रदर्शन गरेको हो । घण्टाघर चोकबाट शुरू भएको विरोध रूयाली नगरको परिक्रममा गर्दै पुन घण्टाघर चोकमै पुगेर विरोधसभामा परिणत भएको थियो ।
सभामा बोल्दै आम विद्यार्थी मोर्चाका इन्चार्ज तथा आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मधेसका विद्यालयमा सरकारले गरिरहेको विभेद वारे पटक पटक सरकारको ध्यानाकर्षण गराउँदापनि कुनै चासो नलिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
एकल जातीय नश्लीय चिन्तनबाट ग्रस्त सरकार मधेसको शिक्षालाई तहशनहश पार्न योजनाबद्ध रूपमा लागेको आरोपपनि उनले लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी रहेको टिप्पणी गरे । मधेसका विद्यालयमा शिक्षकको संख्या निक्कै अपुग रहेको भन्दै उनले विद्यार्थी संख्या अनुपातमा शिक्षकको दरबन्दी कायम नगरिएसम्म आँफुहरूको आन्दोलन जारी रहने बताए । उनले असोज ३ गते संविधान दिवसका दिन बिहीवार संविधानको अन्त्येष्टि यात्रा निकाल्ने जानकारी दिदै मोर्चाको मागमा समर्थन जनाएर आजपाले आगामी कार्तिक ५ गतेदेखि मधेसमा आम शैक्षिक हडताल गर्ने घोषणा गरिसकेको बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads