search

spot_img
spot_img

रानीघाट पुलमा हाम फालेकी राधिकाको खोजी हुंदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ असोज । वीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फालेकी करीब १७ वर्षीया राधिका कुमारी दासको खोजी कार्य भइरहेको छ ।
बिपद ब्यवस्थापन गुल्म प्रहरी टोलीले युवतीको खोजी कार्य जारी राखेको जनाएको छ ।
आज बिहान अन्दाजी ९ः३० बजेको समयमा रानीघाट नजिकै रहेको पुलबाट हामफाल्नु अघि पहिला आफ्नो मोबाइल फालेकी प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ ।
प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा लगेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads