search

spot_img
spot_img

यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ

पढ्न छुटाउनुभयो ?

काठमाडौं २६ असोज । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो ।
जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।
जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।
यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ ।
जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् ।
यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो ।
पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।
मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।
यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads