search

spot_img
spot_img

हत्या गरिएको अवस्थामा सोनारको शव बाराबाट भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक । वीरगंजबाट चार दिनदेखि बेपत्ता भएको एकजनाको शव आज बारा जिल्लामा फेला परेको छ ।
बाराको प्रसौनी गाउंपालिका वडा नं. १ नकटुवाको सरेहमा पर्ने गण्डक नहरको किनारबाट वीरगंज–३ छपकैया बस्ने वर्ष २६ का वीरेन्द्र साह सोनारको शव बरामद भएको हो ।
शव बरामद हुने स्थान इलाका प्रहरी कार्यालय, प्रसौनी–नौतनको चेकप्वाइन्टबाट ५० मिटर दक्षिणमा पर्छ । आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भारत, रक्सौल घर भई हाल सोनारकै घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसंगै सोनार गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए ।
डेरामा बस्ने ३५ वर्षीय कलवार अहिले सम्पर्कविहीन रहेको बारा प्रहरीले जनाएको छ । शव बरामद भएपछि सर्जमिन, मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज वीरगंजमा पठाइएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए ।
यो घटनामा पर्सा प्रहरीसंग पनि समन्वय भइरहेको उनले जानकारी दिए ।
सोनारको हत्या गरेर गण्डक नहरको पानीमा फालिएकोले शरीरको अंग केही कुहिसकेको छ भने उनको हत्याको कारण र कसरी हत्या भएको हो भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट र अनुसन्धानले पुष्टि गर्ने प्रनि भट्टको भनाइ छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भुटानमाथि नेपालको जित

काठमाडौँ, २७ असारः पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद्...

सम्बन्धित खबर

- Advertisement -neelambads