search

दुई दिनभित्र डुबानमुक्त हुन्छ –नगरप्रमुख सिंह

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक । वीरगंज महानगरको पहलमा वडा नं २०, २४, २६ हरपतगंज, बहुअरी र सुगौली बिर्ताका डुबान क्षेत्रबाट पानीको निकास बिहीवारदेखि शुरू भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट ती क्षेत्रका घरहरू र धानखेत डुबानमा परेका थिए ।
असोज १९ गते महानगरपालिकाले डुबान क्षेत्रबाट पानीको निकासको लागि वडा नं १७ अलौंमा एक्साभेटर चलाएर निकास दिने प्रयास गरेको थियो तर स्थानीय अलौंवासीले ती तीन टोलाको पानी निकास गराउँदा आप्mनो वडा डुबेको भन्दै निकास बन्द गरेका थिए । त्यसपछि असोज २१ गते नगरप्रमुख राजेशमान सिंह सो स्थानमा निकासको लागि जाँदा विवाद भएर अलौंका स्थानीयहरूले रिले अनशन शुरू गरेका थिए ।
विजयादशमीको दिन नगरप्रमुखले अनशनकारीको माग सम्बोधन गरेपछि रिले अनशन तोडिएको थियो । सोही क्रममा आज नगरप्रमुख सिंह, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल लगायतको टोली घटनास्थलमा पुगेर डुबान क्षेत्रको निरीक्ष्Fण गरेका थिए ।
शुरूदेखि सो क्ष्Fेत्रमा रहेको ह्युमपाइप खुला गराउने, पुरिएको नहर चालू गराउने सहमति अनुसार आज दिउँसो तीन बजेदेखि सो क्षेत्रमा तीनवटा जेसिभी प्रयोग गरेर पानीको निकास खोलिएको हो । नगरप्रमुख सिंहले डुबान क्ष्Fेत्रको पानी दुई दिनभित्र तिलावे नदीमा निकास हुनेगरी काम भइरहेको बताए । पहिलेदेखि वडा नं २०, २४ र २६ को वर्षाको पानीको निकास वडा नं १७ हुँदै आएको हो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads