search

spot_img
spot_img

सीमा क्षेत्रमा गोली प्रहारको घटनामा अनुसन्धान भइरहेको छ– प्रजिअ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक । मङ्गलवार अपराह्न तीन बजे नेपाल–भारत मितेरीपुल सीमा क्ष्Fेत्रमा भएको गोली प्रहार घटनाको विषयमा छानबीन भइरहेको जिल्ला सुरक्षा समिति, पर्साले जनाएको छ ।
समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सो घटना निकै संवेदनशील भएकोले सो विषयमा कानूनलाई टेकेर आन्तरिक अनुसन्धान भइरहेको बताए । उनले भारतीय सुरक्ष्Fा अधिकारीहरूसँग पनि अनुसन्धानका लागि समन्वय गर्ने कार्य भइरहेको बताए ।
प्रजिअ भुसालले गृह मन्त्रालयलाई स्थलगत सर्जमिन मुचुल्कासहितको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन लेखेर पठाएको र गृह मन्त्रालयले माथिल्लोस्तरबाट आगामी दिनमा त्यस्तो घटना नहोस् भनेर पत्राचार गर्ने बताए ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) पन्टोका ४७औं बटालियनको टोलीले गस्ती गरिरहेको बेला अहिरवा टोला क्ष्Fेत्रमा केही कबाड तस्करहरूले एसएसबीसँग दुव्र्यवहार गरेको र सोही क्रममा एसएसबीका एकजना जवानले उनीहरूको पिछा गर्दा सीमा क्षेत्रमा हवाई फायर गर्नुपरेको एसएसबीले सफाइ दिएको छ । बुधवार अहिरवा टोला थाना हरैया घर भएका जीतु कुमार र खुर्शेद आलमलाई पक्राउ गरी आवश्यक कारबाईको लागि रक्सौल थाना प्रभारीको जिम्मा लगाएको छ । सो घटनामा दुईजना महिला र दुईजना पुरुष संलग्न थिए ।
दशगजा क्षेत्रमा गोली प्रहार गरेको घटनालाई लिएर एसएसबीले दुईजना जवानलाई आवश्यक छानबीन गरिरहेको बुझिएको छ । सो घटना भएपछि नेपाल–भारत सीमा क्ष्Fेत्रका जनताबीचमा त्रास पैmलिएको थियो भने दुई देशका सुरक्ष्Fा अधिकारीबीच द्वन्द्व बढ्ने अवस्था उत्पन्न भए तापनि सो घटनालाई दुवै देशका सुरक्ष्Fा अधिकारीले आपसी समन्वयमा सत्यतथ्य छानबीन गर्दै साम्य पार्दै लगेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

नेशनल इन्फोटेकद्वारा रक्तदान कार्यक्रम

वीरगंज २५ असार । नेशनल इन्फोटेक कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका...

सम्बन्धित खबर

- Advertisement -neelambads