search

रास्वपा, पर्साले सरकारको शवयात्रा निकाल्यो, लामिछानेलाई यथाशीघ्र रिहाइको माग

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा पर्साले शनिवार वीरगञ्जमा सरकारको शवयात्रासहितको शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
आज रास्वपा पर्साले वीरगंजको क्लासिक ब्यानक्वेटबाट शव यात्रा जुलुस निकाल्दै वीरगंज नगर परिक्रमा गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । जुलुस घण्टाघरमा पुगेपछि प्रहरीले हस्तक्षेपसमेत गरेर शव खोसेको थियो ।
रविलाई राजनीति प्रतिशोध साँध्न राज्य शक्तिको दुरूपयोग गरेर रवि लामिछानेलाई पक्राउ गरेको भन्दै प्रदर्शनकारीहरुले अविलम्ब लामिछानेलाई छोड्न दबाब स्वरूप सरकारको शबयात्रा निकालेको रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले बताए ।
रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निकालिएको शबयात्रामा प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल, पुरुषोत्तम उपाध्याय, पालिका सभापतिहरू माधव बस्नेत, प्रदीप पटेल, दिपराज पटेल, मुर्ली जलान, माइकल सापकोटा लगायत नेता कार्यकर्ताहरूको उपस्तिथि थियो ।
कोणसभामा केन्द्रिय सदस्य डा नन्दन यादब, पूर्व संयोजक दिलीप कुर्मी, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाज मियाँ र पालिका सभापति चन्दन गुप्तालगायतले मन्तव्य राखेका थिए भने कोणसभाको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads