search

अन्डर–१९ प्रतियोगिताको लागि क्लोज क्याम्पमा २४ जना छनोट

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ कात्तिक । आगामी कात्तिक १० गतेदेखि विराटनगरमा हुने राष्ट्रियस्तरको अन्डर–१९ क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशबाट २४ जना खेलाडी क्लोज क्याम्पका लागि छनोट भएका छन् । प्रदेशस्तरीय यस प्रतियोगितामा सबैभन्दा बढी पर्साबाट पाँच, बाराबाट चार, धनुषाबाट दुई गरी २४ जना छनोट भएको बताइएको छ ।
पर्साबाट इब्राहिम शेख, सफवान अली, वसिम मन्सुरी, रञ्जीत कुमार, अनुज चौहान, बाराबाट अमरदीप यादव, साहिब पटेल, नीरज गुप्ता, रोहण साह गरी नौजना परेको क्यान पर्साका अध्यक्ष मनीष सिंहले बताए ।
अभिषेक तिवारीको कप्तानीमा क्लोज क्याम्प भइरहेको टोलीका अन्य खेलाडीहरूमा भोला साह, शैलेन्द्र साह, राज पटेल, जीतेन्द्र मण्डल, डब्लु मल्लिक, राजेश यादव, रूपेश यादव, नीरज राज, रोहण साह, अफ्रुद्दीन राई, रञ्जीत यादव, सञ्जीत मुखिया, अभिषेक कार्की, अफिल श्रवणलगायत रहेका छन् ।
कलैयाको सिद्धेश्वर मावि खेलमैदानमा भइरहेको तीन दिने प्रशिक्ष्Fण कार्यक्रम सकेर १४ सदस्यीय प्रदेशस्तरीय अन्डर–१९ खेलाडी छनोट गरेर विराटनगरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा पठाउने तयारी रहेको बुझिएको छ ।
अन्डर–१९ टीममा परेनन् चन्दन राम अन्डर–१६ राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गरिसकेका खेलाडी पर्साका चन्दन राम अन्डर–१९ राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएका छन् । आठवटै जिल्लाका पाँच दर्जन खेलाडीलाई मिलाएर बनाइएको चारवटा टीमबीच भएका तीनवटा खेलमा उनले राम्रो प्रदर्शन गर्न नसकेपछि उनी प्रदेशको क्लोज क्याम्पमा पर्न नसकेका हुन् ।
अन्डर–१६ प्रतियोगिता मधेस प्रदेशले जितेको थियो । उनले अन्य प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै आएका थिए तर अभ्यास खेलहरूमा तीनवटा खेलमा जम्मा चार विकेट लिएका कारण छनोटकर्तालाई आकर्षित गर्न सकेनन् । मधेस प्रदेशका प्रतिभावान् खेलाडीको रूपमा चिनिने चन्दन राम मधेस प्रदेशको टीमबाट बाहिरिनु दुःखद भएको क्रिकेट प्रशिक्षकहरूले बताउँछन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads