search

spot_img
spot_img

सुरक्षाकर्मीको सेटिङमा बाराको मटिअर्वा नाकाबाट कबाडको तस्करी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक ।बाराको मटिअर्वा नाका भएर नेपालबाट भारततर्पm अहिले कबाडको तस्करी गर्ने गिरोह सक्रिय भएको छ । पछिल्लो तीन महीनादेखि स्थानीय सुरक्ष्Fा युनिटलाई मिलाएर तस्करीको काम भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कबाड वस्तुमा प्लास्टिक, ब्याट्रीको धूलो, स्टील, जिङ्क, हाडलगायत वस्तुहरू ठेलामार्पmत नेपालबाट भारततर्पm तस्करी भइरहेको छ । बिहान र रातिको समयमा करीब १५ जना क्यारिङ गर्ने व्यक्तिहरूले ती सामानको तस्करी गरिरहेको जनाइएको छ ।
सो क्षेत्रका श्याम कुशवाहा, मोजामिल हुसेन, मदर्सी हुसेन, कामिल हुसेन, मान्टु खान लादेनलगायतले कबाडी सामानको तस्करी गरिरहेको बुझिएको छ । प्रतिकिलो रु १२ तस्करसँग लिएर रु २ प्रहरीलाई नजराना दिएर किलोको रु १० मुनाफा लिंदै कबाडी सामानहरूको व्यापक मात्रामा तस्करी भइरहेको बुझिएको छ ।
बाराका कबाड व्यवसायी स्टील किङ विजय जयसवाल, बाराको पतौरा बस्ने सोनु जयसवाल, रक्सौल बस्ने प्लास्टिक कारोबारी गुड्डु सावन, घोडासहनका हाड कारोबारी राजु साह, रामगढवाका मनोज जयसवाल, मन्जार आलम, सोहैल खानलगायतको कबाडी लाइन खुलेको प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल मटिअर्वा बिओपीका प्रहरी नायब उपरीक्षक विदुर भट्टराई र प्रहरी चौकी मटिअर्वाको सेटिङमा कबाडी सामानहरूको तस्करी भइरहेको बताइएको छ ।
यस सन्दर्भमा सशस्त्र प्रहरी बल १२ नं हेडक्वार्टर बाराका सशस्त्र प्रहरी उपरीक्ष्Fक सन्तोष सिंहले यस्ता गुनासाहरू आएका र यसको अनुसन्धान भइरहेको बताए । सशस्त्र प्रहरीले मासिक छ लाख लिएर लाइन खोलेको भन्ने प्रश्नमा उनले ती सबै आधारहीन कुरा भएको बताए ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले यस विषयमा आवश्यक छानबीन हुने बताए । तस्करी मौलाउँदा एकजना क्यारियरले १० क्विन्टल माल नेपालबाट भारतको सिमाना कटाउँदा १० हजार रुपैयाँ कमाउने गरेको बताइन्छ ।
मटिअर्वा छोटी भन्सार आसपासको दशगजा क्षेत्रमा गैरकानूनीरूपमा गोदाम बनाएर दिनभरि कबाड सामान सङ्कलन गर्ने तथा बिहान र रातिको समयमा भारततर्फ तस्करी हुने गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads