search

spot_img
spot_img

अन्डर–१९ को लागि मधेस प्रदेश क्रिकेट टोली छनोट

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक । कात्तिक १० गतेदेखि विराटगरमा आयोजना हुने स्व नरेश श्रेष्ठ स्मृति अन्डर–१९ राष्ट्रिय प्रतियोगिताको लागि मधेस प्रदेशको क्रिकेट टोली चयन भएको छ । मधेस प्रदेशका आठ जिल्लाबाट छनोट गरी २४ जनालाई तीन दिवसीय क्लोज क्याम्प राखेर विभिन्न अभ्यास खेलमार्पmत १४ जना खेलाडी छनोट भएको जनाइएको छ । महोत्तरीका अभिषेक तिवारीको कप्तानीमा छनोट भएको टोलीमा सबैभन्दा बढी पर्सा र बाराका तीन/तीन जना खेलाडी छन् । पर्साबाट इमरान शेख, सफवान अली, रञ्जीत कुमार छन् भने बाराबाट साहेब पटेल (विकेटकीपर), रोहन साह, नीरजकुमार यादव छन् ।
त्यसैगरी, रौतहटबाट राज पटेल, राजेश यादव, सर्लाहीबाट नीरज राय, जीतेन्द्र मण्डल, धनुषाबाट मयन यादव, सिराहाबाट शैलेन्द्र साह, अफ्रुद्दीन राइनलगायत रहेका छन् । त्यसैगरी, मधेस प्रदेश टोलीको टीम मैनेजरमा राजीव श्रेष्ठ र प्रशिक्षकमा सुनील साह छनोट भएको क्यान पर्साका अध्यक्ष मनीष सिंहले जानकारी दिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads