search

सत्मार्ग फाउन्डेसनद्वारा खुल्ला रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगंज ९ कात्तिक । वीरगंजको घन्टाघरचौकमा सत्मार्ग फाउन्डेसनको केन्द्रिय कार्यालय काठमान्डौ तथा जिल्ला कार्य समिति पर्साको एवं नेपाल रेडक्रस सोसाइटी पर्साको प्राबिधिक सहयोमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वीर माथेमा, राहुल प्रसाद यादव, बाबिर माथेमा, बुनिलाल प्रसाद पटेल, अरसद अन्सारी, मनोज कुमार चौहान, सुमन कुर्मी, मिराज मिया, अरूण कुमार साह, सोनम कार्की, दिपु सिंह, बिवेक पासवान,राम अनुप कुमार, रिवाज हवारी, मृत्युन्जय ठाकुर, डोलेन्द्र प्रसाद यादव लागायत १६ जनाले आफ्नो रत्तःदान गरेका थिए ।
सत्मार्ग फाउन्डेसनका अध्यक्ष तबरेज आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सशस्त्र प्रहरीका पुर्ब डिआईजी. कृष्ण भक्त ब्रह्मचार्य, सचिव सुनिल यादव, वीरगंजका अध्यक्ष मेराज अन्सारी, उपाध्यक्ष बुनिलाल पटेल, सहसचिव प्रदीप पण्डित, सचिव राजेन्द्र पटेल, कोषाअध्यक्ष बिनय पटेल लगायतकाको सहभागिता थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, समाजसेवी राजेन्द्र भट्टराई, रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, मनिष कुमार गुप्ता, नमित चौरसिया, समीर आलम लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads