search

spot_img
spot_img

वीरगंजका उद्योगी प्रेम जाटिया पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ कात्तिक । वीरगंजका व्यापारी प्रेमकुमार जाटिया पक्राउ परेका छन् ।
अदालतको आदेश अनुसार उनलाई पर्सा प्रहरीको टोलीले आज दिउँसो २ बजे वीरगंज लिंकरोडस्थित गरिमा विकास बैंकको माथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।
प्रहरी चौकी घण्टाघरको असई लालबाबू यादवको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको छ ।
२०७१ सालमा वीरगंजको छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई पाँच लाख नदिएको कारण ठेकेदार कम्पनी अदालत गएको थियो । ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारीको मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते गरेको पैmसला अनुसार बिगो भराउन आदेश गरेको तर उनले बिगो नभर्दा २०८१ कात्तिक २ गतेको फैसला अनुसार छ महीना कैदमा राखी बिगो असूल गर्ने आदेश भएकोले अदालतले प्रहरीलाई पत्राचार गरेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारेमा प्रहरी नायब उपरीक्षक दीपक भारतीले पक्राउ गरिएको पुष्टि गरे । जाटियाको रियल स्टिल, मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्सलगायत औद्योगिक प्रतिष्ठानमा लगानी रहेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads