search

spot_img
spot_img

श्रीसिया स्ववासीको फाइल अर्थ मन्त्रालयले वीरगंज पठायो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ कात्तिक । वीरगंज–२५ श्रीसियाको ६२ बिघा जग्गा अधिग्रहणको मुआवजा वितरण टुङ्ग्याउन अझै केही समय लाग्ने भएको छ ।
स्ववासी जग्गाको मुआवजा वितरण गरेर भौतिक संरचना अस्पताल, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी एवं स्थानीयको घरका लगत स्टिमेट गरेर मुआवजा माग गर्ने तयारी भइरहेको अवस्थामा स्ववासी जग्गाको फाइल अर्थ मन्त्रालयले पुनः वीरगंज पठाएको श्रीसिया सुक्खा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
अर्थ मन्त्रालयले स्ववासी जग्गा फिल्डबूक भएकाहरूको अहिलेको नयाँ नापी अनुसार नाप भएको विवरण र विगतमा भएको नक्शाको विवरण दुवै पठाएपछि मन्त्रिस्तरीय निर्णय गरेर मुआवजा वितरण गर्ने सरकारको तयारी छ । नयाँ र पुराना दुवै नक्शा, क्षेत्रफलसहितको विवरण पठाउन अर्थ मन्त्रालयले फाइल वीरगंज पठाएको उनले बताए । यस अघि ८४ जना श्रीसियावासीको करीब तीन बिघा स्ववासी जग्गाको मुआवजाको लागि माग गर्दै अर्थ मन्त्रालयमा मिसिल पठाइएको थियो । तर मन्त्रालयले आलटाल गरेको गाउँवासीहरूको भनाइ छ ।
आव २०७२/७३ देखि श्रीसियाको ६२ बिघा जग्गा र बस्ती रोक्का राखेर सरकारले अधिग्रहण गरिरहेको छ । जसमध्ये सरेह खेतहरूको मुआवजा वितरण भइसकेको छ । अझै एक अर्ब मुआवजा सरकारले वितरण गर्नुपर्ने अनुमान छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads