search

जर्गाले लाखौंको सुनचाँदी गहना गढीमाईलाई दान गरे

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कात्तिक । बाराका बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगरले लाखौं मूल्य पर्ने ५ थान सुन र १ थान चाँदीको गहना दान गरेका छन् ।
दीपावलीको अवसरमा गढीमाई देवीलाई दुवै कानमा सुनको वाला, घाँटीमा लगाउने हार, सुनको टिकुली, नाकमा सुनको ठोप र पाउँमा चाँदीको पायल दान गरेको मगरले बताउनुभयो ।
माताको कृपाले व्यापार, व्यवसाय फस्टाएको र आफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको बताए ।
सुन र चाँदी दान दिने विजय जर्गा मगरलाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारू लगायतकाले सम्मान गर्नुका साथै धन्यवाद प्रकट गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads