search

spot_img
spot_img

पर्सा र बारामा रक्तदान कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज २५ कार्तिक । बारा जिल्लाको विश्रामपुर गाउँँपालिका वडा नम्बर ४ बलिरामपुरमा सामाजिक बिकास सेवा समिति तथा श्री बलिरामपुर युवा क्लबद्वारा छठपुजाको शुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सामाजिक बिकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा सचिव श्याम गुप्ता, कोध्यक्ष शेषनाथ महतो केवट, सदस्यहरू पवन गुप्ता, रोहित महतो केवट, सुरज गुप्ता, अजित, सनोज, हेमन्त, बिकि लगायतकाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ५ महिला सहित ५७ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। कार्यक्रममा प्रेमचन्द्र प्रसाद साह, बिक्रम राम, मन्टु प्रसाद गुप्ता, रोहित महतो, बिपिन गुप्ता, निप्पु प्रसाद गुप्ता, सन्तोष कुमार महतो, सुरज कुमार कलवार, श्याम नारायण साह, देव कुमार महरा, सत्रुघन प्रसाद कलवार, तीर्थराज कुमार राम लगायतकाहरूले रगतदान गरेका थिए । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, सामाजिक अभियानता राजेन्द्र भट्टराई एवं वीरगंज रक्त संचार केन्द्रका जितेन्द्र कुश्वाहा, नमित चौरसिया, श्री राम ठाकुर, धर्मेन्द्र पाल, मन्दीप साह लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। हरिहरपुर बिर्तामा ३९ पोका रक्त सङ्कलन कालिकामाई गाउँँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्तामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम आयोजक एवम् कालिकामाई गाउँँपालिका वडा अध्यक्ष पदको उम्मेदवार राजेश प्रसाद कुर्मीको अध्यक्षता एवं पूर्वउद्योगमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे। कार्यक्रममा काङ्ग्रेसका जिल्ला सभापति रमेश पाण्डे, युवा नेता अजय कुमार पटेल, पपु महतो, रियाज आलम, राधा कृषना चौरसियालगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रममा ५ जना महिला सहित ३९ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। शैलेन्द्र त्रिपाठी, बिकास साह तेली, बद्री साह, रामबिश्वास महतो, विकाश पटेल, कृति कुमारी, निभा देवी, रागनी कुमारी महतो लागायतकाहरूले आफ्नो अमूल्य रगतदान गरेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं वीरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, अजय साह लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

नेशनल इन्फोटेकद्वारा रक्तदान कार्यक्रम

वीरगंज २५ असार । नेशनल इन्फोटेक कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका...

सम्बन्धित खबर

- Advertisement -neelambads