वीरगंजमा स्टार्टअप सम्मेलन सम्पन्न, युवा उद्यमशीलताको लागि प्रदेश सरकारले सहयोग गर्छ –मुख्यमन्त्री

1200x150_1200x150-01.jpg (1)
वीरगंज, २६ कात्तिक । वीरगंजमा नवौं स्टार्टअप सम्मेलन सम्पन्न भएको छ । शनिवार आयोजित सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा उद्यमशीलताको विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेस प्रदेशको आर्थिक प्रगतिको महŒवपूर्ण कडीको रूपमा यो कार्यक्रम रहेको भन्दै आफूले राजनीति छोडेपछि पनि नयाँ केही गर्न यस्तो कार्यक्रमले सहयोग गर्ने दाबी गरे ।
परम्परागत शिक्ष्Fाभन्दा व्यावहारिक शिक्ष्Fाले विद्यार्थीलाई नयाँ व्यवसायतर्पm अग्रसर गराउने भएकोले सोही अनुरूपको शिक्ष्Fा मधेस प्रदेशमा हुनुपर्ने बताए । मधेस प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशीलता प्रशिक्ष्Fण केन्द्र स्थापना गर्न चालू आवमा बजेट विनियोजन गरेर उद्यमशीलतालाई बढावा दिएको बताए । उनले वीरगंजमा आइटी पार्क र माटो पार्क निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।
मुख्यमन्त्री सिंहले वीरगंज महानगरले वीरगंज उद्योग वाणिज्य सङ्घलाई उपलब्ध गराएको १८ कट्ठा जग्गामा नवउद्यमशीलताको लागि पूर्वाधार निर्माण गर्न सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल अहमद, मधेस प्रदेश नीति आयोगका अध्यक्ष सोहन साह, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, भारतको गूगल स्टार्टअफ हेड अपूर्व चमरिया, महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित पोस्टहरुः