वीरगंज, २६ कात्तिक । बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीमा हनुमान विराट् कुश्ती दङ्गल सम्पन्न भएको छ ।
कुश्ती आयोजक समिति बहुअरीको आयोजनामा शुक्रवार र शनिवार आयोजित दुई दिने कुश्ती प्रदर्शनीमा झन्डै सयभन्दा बढी जोर कुश्ती प्रदर्शन भएका थिए । नेपालबाट पर्सा, बारा, रौतहट, रूपन्देही, नवलपरासी जिल्लाका पहलमानहरू र भारतबाट बिहार, उत्तर प्रदेश, हरियाणा, दिल्ली, मेरठ, महाराष्ट्रलगायत राज्यका पहलमानहरूको सहभागिता थियो । कुश्ती प्रदर्शनीको उद्घाटन खानेपानीमन्त्री प्रदीप यादवले गरेका थिए ।
आयोजक समितिका अध्यक्ष महावीरप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा कुञ्जबिहारी राउत, गणेशप्रसाद यादव, जसपा बारा इन्चार्ज अजय पटेल, राप्रपा नेता राजेन्द्र मैनालीलगायतको सहभागिता थियो ।
कुश्ती प्रदर्शनीमा कटप्पा, नकाबपोश, मेन्टल, मेवा थापा, अजगरलगायत पहलमानहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।