search

spot_img
spot_img

यात्रीसंग मनपरी भाडा असुल्ने यातायात व्यवसायीहरु पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ कात्तिक/ दीपावली, छठ पर्व बितेसँगै वीरगंजबाट काठमाडौं जाने यात्रीहरूको सङ्ख्या बढेको छ भने योसँगै बस, टाटासुमो, विद्युतीय सवारीसाधनले अघोषितरूपमा भाडादर वृद्धि गरेका छन् । अघोषित रुपमा भाडा बढाएर यात्रीसंग ठगी गरेको आरोपमा आज मंगलवार वीरगंज बसपार्क क्षेत्रबाट केही यातायात व्यवसायी पक्राउ परेको समाचार छ ।
दशैंमा आउने–जाने यात्रीहरूको क्रम यथावत् रहे पनि त्यसपछि दीपावली र छठ पर्वको लागि वीरगंजलगायतका क्ष्Fेत्र र भारत जाने यात्रीहरूको चाप काठमाडौंमा बढेको थियो । त्यताबाट आउँदा रात्रिबसमा रु ८००–१००० र टाटासुमोमा ८५० पर्नेमा १५००–१८०० सम्म भाडा वृद्धि गरिएको थियो । अहिले वीरगंजबाट काठमाडौं जाने यात्रीहरूले सोही दररेटमा भाडा तिर्नुपरिरहेको छ ।
चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीले यात्री सहायता कक्ष सञ्चालनमा ल्याए पनि वीरगंज बसपार्कमा खुलेआम भइरहेको अनियमितताविरुद्ध प्रहरीले कुनै कारबाई गर्न सकेको छैन । सवारीसाधन सञ्चालकहरूले काठमाडौंबाट यात्री नपाउने र खाली आउनुपरेकोले दुवैतर्फको भाडा एकै यात्रीसँग लिएको सफाइ दिएका छन् । उनीहरूले अहिले काठमाडौंबाट आउने यात्री एक/दुई जना मात्र रहेको र तेल खर्च, चालक खर्च र बिचौलियालाई दिनुपर्ने रकम वीरगंजबाट यात्रा गर्ने यात्रीहरूबाट उठाउने गरेको बताएका छन् ।
समाचार स्रोतका अनुसार रात्रिबस सेवा एक हप्ताको लागि अग्रिम बुकिङ छ । अहिले टाटासुमो बसपार्कमा नराखेर अन्यत्र राखी यात्रीहरूसँग बढी भाडा लिएर जाने क्रम बढेको छ । विद्युतीय सवारीसाधन भने बसपार्कबाट बुकिङ भएपनि त्यसमा पनि तोकिएको दरभन्दा बढी भाडा लिने गरिएको पाइएको छ । टिकटमा भाडादर नलेखेर भुक्तानी मात्र लेख्ने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीले यात्रीहरूले बढी भाडा तिरेर जानुपरेको लिखित गुनासो नगरेका र ठाउँठाउँमा चेकजाँच गर्दा पनि यसविरुद्ध आवाज नउठाउँदा कारबाई गर्न नसकिएको बताएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads