search

spot_img
spot_img

एकैसाथ १० हजारबढी किशोरीहरूलाई आत्मरक्षा तालीम

पढ्न छुटाउनुभयो ?

वीरगंज २७ कार्तिक । गिनिज बुकमा नाम दर्ज गर्ने तयारीका साथ वीरगंज महानगरपालिकाले १० हजार किशोरीलाई आत्मारक्षा तालिम दिने जनाएको छ । आज वीरगंजको आदर्शनगर स्थित होटल सरोवरमा (स्काइलाइन मल) आयोजित पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिका एवं नेपाल भारत सहयोग मञ्चद्वारा संयुक्तरुपमा तालीमको आयोजना गरिएको जानकारी गराइएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न हुने तालिममा बिषेशगरी १० हजार भन्दा बढि छोरी तथा छात्राहरूलाई आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रम भोलि २८ गते बुधवारका दिन वीरगंजको आदर्शनगर रंगशालामा सञ्चालन हुने कार्यक्रम रहेको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । बिहान १० बजेबाट शुरू हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेजका १० हजार बढि छात्राहरूको सहभागीता रहने भएको छ । भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता राजनेश शेट्टीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको मंगलवार पत्रकार सम्मेलन गरेर महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । बुधवार बिहान १० बजेबाट शुरू हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका ३८ वटा सामुदायिक विद्यालय सहित निजी विद्यालय र कलेज गरी १३२ वटा विद्यालयबाट १० हजार भन्दा बढी छात्राहरूको सहभागीता रहने उनले बताए। भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्ट र फिटनेसका प्रशिक्षक समेत रहेको बताएका थिए । उहाँले बलिउड र हलिउडका धेरै स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण पनि दिएका छन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरू आत्मरक्षाका लागि सक्षम हुने विश्वास व्यक्त गरे। मेयर सिंहका अनुसार प्रशिक्षकहरूले निश्शुल्क प्रशिक्षण दिनेछन एवं उनीहरूको बस्ने खाने व्यावस्था भने वीरगंज महानगरपालिकाले आतिथ्यता सत्कारको रूपमा गर्नेछ सो कार्यक्रममा नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक बैद, कार्यक्रम संयोजक गोपाल केडिया, मास्टर थापा, उपप्रमुख इम्तियाज आलम, डाइरेक्टर सगुन ज्यु, वडा अध्यक्ष प्रदिप चौरसिया लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण संचारकर्मी श्याम सर्राफले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads