search

रूसले पहिलो पटक युक्रेनमा हान्यो ब्यालेस्टिक मिसाइल

पढ्न छुटाउनुभयो ?

मस्को, ६ मंसिर । रूसले बिहीवार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रूसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ ।
रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रूसका भित्री शहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ । यस्तोमा युक्रेनले केही मिसाइल रूसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरूप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो ।
यसवारेमा मस्कोले दुर्ई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।
रूसले निप्रो शहरको मध्य–पूर्व क्षेत्रमास्थित उद्यम र महŒवपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ । तर अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन । यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन ।
अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको दूरी कम्तीमा पनि हजार किलोमिटर हुन्छ । यिनलाई परमाणु वारहेड पठाउने काममा प्रयोग गर्न सकिन्छ । अर्कातिर यिनको प्रयोग परम्परागत वारहेडका लागिसमेत प्रयोग गरिन्छ । युक्रेनको वायु रक्षा प्रणालीले यस हमला क्रममा ६ केएच–१०१ मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।
युक्रेनी वायुसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसकोो आस्त्रखान क्षेत्रबाट हानिएको थियो । यस हमलाका क्रममा प्रयोग गरिएको हतियारवारे पनि रूसी सेनाले जानकारी दिएको छ । रसियन सेनाले कुन प्रकारको अन्तरमहादेशीयय ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको भन्ने खुलाएको छैन । यी दुर्ई छिमेकी देशबीच ३३ महिनादेखि युद्ध जारी छ । युक्रेन शुरूदेखि नै अमेरिकाको आडमा युद्ध लडिरहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads