search

spot_img
spot_img

राम्रा कामको सूचना पत्रकारले दिनुपर्छ– अध्यक्ष नेपाल

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपालले सबै कुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताए । उनले बिग्रिएको कुराको गम्भीर समीक्षाको आवश्यकता रहेको बताए । उनले भने, राम्रा कामहरू पनि सुनाउनुस । एउटा राम्रो कुराले मान्छेलाई प्रेरित गर्छ त्यसैलै राम्रा गर्नेहरूलाई खोजी खोजी सम्मान गर्नुपर्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष्F नेपालले पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरू सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरूत्साहित बनाउन चालिएका कदमहरूले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरू आएको भन्दै आन्तरिक समस्याहरू भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए ।
कार्यक्रममा समाजवादी प्रेस संगठन पर्साले स्थापना गरेको पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । स्व.नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा पत्रकार पटेललाई संगठनको तर्पबाट २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पटेललाई नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गरे । सम्मान अघि संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा स्व.पत्रकार नरेश सर्राफको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्री सचिव दीपेन्द्र चौहान, मधेस प्रदेशका महासचिव श्याम बञ्जरा लगायत पर्साका विभिन्न पत्रकार संगठनका अध्यक्षहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन श्याम सर्राफ र स्वागत बृजलाल पासवानले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads