प्रस,परवानीपुर,१९ मंसिर वीरगंजमा आजदेखि वीरगंज बैंकर्स लिग शुरु भएको छ । नेशनल स्पोर्टस एकेडेमी वीरगंजको आयोजनामा ज्ञानदा एकेडेमीको ग्राउन्डमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन क्यान पर्साका अध्यक्ष मनीष सिंहले गरे ।
मंसिर १८ गतेदेखि मंसिर २७ गते सम्म चल्ने उक्त क्रिकेट प्रतियोगिताको खेल रात्रीको समयमा फ्ल्ड लाइट बालेर राती ७ बजेदेखि १० बजे सम्म हुने आयोजकले जनाएको छ । वीरगंजका विभिन्न १३ वटा निजी वाणिज्य बैंकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताले वीरगंजमा क्रिकेटको माहोललाई अझै उचाईमा पु¥याउने उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका क्यान पर्सा अध्यक्ष मनीष सिंहले बताए ।
उनले अगामि दिनमा समेत वीरगंजमा क्रिकेटको विकास र वातावरण तयार पार्नको लागि यस्ता लिग गराउनु आवश्यक रहेको बताए ।
निर्धारित ५–५ ओभरको हुने खेलमा एक दिन अधिकत्म ४ वटा खेल खेलाइने आयोजक एकेडेमीका प्रशिक्षक जहुर अन्सारीले बताए । उदघाटनका दिन सिद्धार्थ बैंक विरुद्ध एनएमबी बैंक,प्रभु बैंक विरुद्ध एभेरेष्ट बैंक,ग्लोबल आईएमइ बैंक विरुद्ध लक्ष्मी सनराइज र सिटिजन्स इन्टरनेशनल बैंक विरुद्ध प्राइम कर्मशियल गरी कुल चार खेल हुनेछ ।
ज्ञानदा एकडेमी स्कूलका निर्देशक सन्दिप तुल्स्यानको सभापतित्व एवं ज्ञानदाका शिक्षक रामप्रसाद पाण्डेको सहजीकरणमा भइरहेको उद्घाटन समारोहमा ज्ञानदा एकेडेमीका प्रिन्सिपल राजेन्द्रप्रसाद कोइराला,बैंकर्स एशोसिएशन वीरगंजका अध्यक्ष एंव लक्ष्मी सनराइज बैंक वीरगंजका प्रबन्धक रोहिणी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ज्ञानदा स्कूलका संस्थापक एवं निर्देशक विनित लोहिया,बैंकर्स,सञ्चारकर्मीलगायको सहभागिता थियो ।