search

spot_img
spot_img

गढीमाई मेलाले विश्व पहिचान पाएको छ– गृहमन्त्री लेखक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मंसिर । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर पहिचान दिएको बताएका छन् ।
बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्दै उनले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
गढीमाई मेला पाँच वर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरूको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सनचारकर्मीहरू संगको कुराकानिमा बताए ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको वारेमा जानकारी लिएको बताए ।
गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाकी नरहने प्रतिबद्धता समेत गर्नु भएको बताउनु भयो । विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको चाप बढेको छ । मंसिर ०१ गते देखि शुरू भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads